तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इजरायलसँगको युद्धमा नयाँ मोर्चा खोल्ने आह्वान गरेपछि बजारमा अस्थिरता बढेको हो ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।
नेपाल औषधी उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवर्द्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, ग्यतङथाङ्कमा ज्यालामजदुरी गर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङका रामबहादुर कामीले वडाबाट खटिएका स्वास्थ्यकर्मीबाट निःशुल्क स्वास्थ्य परीक्षण गराई औषधि लिनुभयो ।
अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा सर्वसाधारणका घरलाई लक्षित गरेको आरोप लगाउँदै कम्तीमा चार जना नागरिक मारिएको जनाएको छ ।
भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।
करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको छ । प्योङयाङबाट छुटेको रेल करिब २३ घण्टाको यात्रापछि शुक्रबार बिहान बेइजिङ आइपुगेको छ, जसले महामारीका कारण बन्द भएको दुई देशबीचको रेल आवागमन पुनः सुरु भएको सङ्केत दिएको छ ।
सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।
चीनले पृथ्वी अवलोकन सम्बन्धी प्रविधिको परीक्षणका लागि दुई वटा नयाँ परीक्षण उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट शुक्रबार बिहान उक्त उपग्रह प्रक्षेपण गरिएको हो ।
जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् ।
बाजुराको बडीमालिका नगरपालिका–४ को ओलेना बस्ती कुनै बेला जिल्लाकै कृषि उत्पादनका क्षेत्रमा प्रख्यात ठाउँ थियो । सिरानमा सिँचाइ कुलोको राम्रो व्यवस्था र मुनि समथल खेतीयोग्य जमिन भएकाले यहाँका स्थानीयले राम्रो तरकारी उत्पादन गर्ने गर्थे ।
वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो ।
केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
बुवाको हत्या आरोपमा पुतलीबजार नगरपालिका वडा नं –७ बाजपुरका ३६ वर्षीय तोरण कार्कीलाई कारागार चलान गरिएको छ ।