कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले हाँडीगाउँको ऐतिहासिक महत्व, सम्पदा र संस्कृतिले लिच्छविकालिन पहिचाहनलाई स्थापित गरेको बताउनुभएको छ। काठमाडौंको हाँडीगाउँमा कैलाशकुट सामाजिक अभियानको तेस्रो साधारण सभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आठौं बागलुङ महोत्सवमा दुई लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म हुने बाङेचौर खेलमैदानमा महोत्सव हुँदैछ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको ११ औं महाधिवेशनले युवा पङ्तिलाई नेतृत्वमा ल्याउन स्पष्ट आरक्षणको व्यवस्था गर्न लागेको बताउनुभएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको महाधिवेशन केन्द्रित प्रचार रणनीतिसम्बन्धी आजको बैठकमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भष्टाचार र बेथिती रोकेर सुशासन कायम गर्नमा प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
बाँकेको कोहलपुरस्थित चप्परगौडी बजारको दक्षिणतर्फ करिब ५ किलोमिटरको दूरीमा रहेको रानीघाट पर्यटकको गन्तव्यको रुपमा विकास भइरहेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनायो ।
विदेशबाट सञ्चालन हुने सामाजिक सञ्जाललाई नियमन नगरेसम्म साइबर अपराध न्यूनीकरणमा समस्या हुने जनाइएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार मधेश प्रदेश सरकारका मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका –५, स्थित पर्यटकीयस्थल चाङ्गाबाट देखिने धौलागिरी, चुरेन, पुथा, गुर्जा, माछापुच्छ्रे लगायत सुन्दर चाङ्गा हिम शृङ्खलाको दृश्य अवलोकन गर्दै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि करिब दुई हजार दुईसय मिटर उचाइमा यो अवस्थित छ । तस्बिरः साधन घर्ती
जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –९ मा रहेको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिएका छन् । मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका वडा –१० खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी सचेतना बढाउने र तथ्यमा आधारित विश्वसनीय पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल एएमआर मिडिया अलायन्सको नेपाल च्याप्टर गठन गरिएको हो ।
कैलाली प्रहरीले फरार १४९ प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल-चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ ।