जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् ।
बाजुराको बडीमालिका नगरपालिका–४ को ओलेना बस्ती कुनै बेला जिल्लाकै कृषि उत्पादनका क्षेत्रमा प्रख्यात ठाउँ थियो । सिरानमा सिँचाइ कुलोको राम्रो व्यवस्था र मुनि समथल खेतीयोग्य जमिन भएकाले यहाँका स्थानीयले राम्रो तरकारी उत्पादन गर्ने गर्थे ।
वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो ।
केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
बुवाको हत्या आरोपमा पुतलीबजार नगरपालिका वडा नं –७ बाजपुरका ३६ वर्षीय तोरण कार्कीलाई कारागार चलान गरिएको छ ।
शारदा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क घरबिमा कार्यक्रमअन्तर्गत यस वर्ष दुई घरधुरीले क्षतिपूर्ति पाएका छन्।
कुनै समयको चर्चित भनाइ थियो, ‘शिक्षा नपाए कि जानु काशी, कि जानु कास्की’ । प्राचीनकालदेखि नै शिक्षाको विशिष्ट गन्तव्यका रुपमा चासो र चर्चा कमाएको कास्कीमा १८–१९औँ शताब्दीतिर अन्नपूर्ण गाउँपालिका, पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित पठनपाठनका कारण यो क्षेत्र शिक्षाको केन्द्रका रुपमा रहेको थियो ।
घोराही उपमहानगरपालिका–१६ सर्रा स्थित अलपत्र अवस्थामा रहेको बाल अस्पताल भवनको संरक्षण तथा सञ्चालनका लागि पहल गर्न माग गर्दै घोराही बनाऔँ अभियानले जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापनपत्र बुझाएको छ।
बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सात जनालाई पक्राउ गरेको छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ। ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर उपचाररत हुनुहुन्थ्यो।
हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ स्थित जनकल्याण माध्यामिक विद्यालय आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
अटो दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ ढकाल टोलका ६६ वर्षीय रेशम उप्रेतीको उपचारको क्रममा मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ अन्तर्गत पर्ने मकवानपुरको हेटौँडा १९ स्थित नेवारपानीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।