सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ ।
सुदूर पहाडका खोलानालामा एक समय छ्यापछ्याप्ती देखिने पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्रविधिको तीव्र विस्तार, बजार क्षेत्रमा विद्युत् आधारित पिसाइ मेसिनले गर्दा र परम्परागत सिपप्रतिको उदासीनताले पानीघट्टको अस्तित्व सङ्कटमा परेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा अर्जुनप्रसाद सापकोटासहित सात जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि राजनीतिक दल, नागरिक समाजलगायत सरोकार भएका निकायले एकापसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् ।
बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच जार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ ।
सप्तरी जिल्लामा मङ्सिर ५ गतेसम्ममा बाह्र हजार ६५८ जना नयाँ मतदाता थपिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्याङ्क अनुसार १२ हजार ६५८ जना नयाँ मतदाता थपिएकोमा ६ हजार ६५८ पुरूष र ६ हजार महिला रहेका छन् ।
बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आउनुभएको छ ।
एक वर्षमा सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकी बागलुङको भवन तीन वर्ष बित्दा समेत सम्पन्न हुन सकेको छैन ।
सरकारले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान तथा लगत सङ्कलन सुरू गरेको छ ।
आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा आठ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ ।
पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ ।
नयाँ बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटबल सडक खण्डमा दिनहुँजसो सवारी दुर्घटना हुन थालेपछि प्रहरीले तीव्र गति जाँचलाई तीव्रता दिएको छ ।
पारिवारिक मेहनतले अघि बढेको धौलागिरी डेरीले पछिल्लो २३ वर्षदेखि म्याग्दी सदरमुकाममा एकछत्र राज गरेको छ । बेनी नगरपालिका–७ न्यूरोडमा रहेको धौलागिरी डेरी उद्योगको एकछत्र बजार हिस्सा आफ्नैमा रहेको छ ।