नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन प्रवेशआज्ञा (अनअराइवल भिसा) उपलब्ध नगराउने भएको छ । सरकारी र कूटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएमात्र नेपाल प्रवेश गर्न मिल्ने भएको हो ।
तत्कालीन नेकपा (एकीकृत समाजवादी)का नेता स्वर्गीय अशोक कोराइलाको वार्षिक पुण्यतिथिको अवसरमा बाँकेको कोहलपुर–१२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालय चप्परगौडीमा पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ । शुक्रबार उहाँको सम्झनामा वार्षिक पुण्यतिथिको अवसर पारेर विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना गरिएको हो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भोलिदेखि सुरु हुने १२ औँ महाधिवेशनमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन हुने दाबी गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि भएका सबै भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ ।
कोहलपुरमा सञ्चालन भइरहेको ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा ब्राइटल्याण्ड कलेज विजयी भएको छ । ब्राइटल्याण्डले सुदूरपश्चिमको एसपीए कलेजलाई चार विकेटले पराजित गरेको हो ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चित नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा सम्पन्न भएको छ ।
गर्मी सुरु भएसँगै मुहान सुक्दा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ शंखपिपल, च्युरास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा खानेपानीको चरम सङ्कट भएको छ ।
बजारमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हल्ला फैलिन थालेपछि बर्दिवास क्षेत्रमा अनुगमन तीव्र पारिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवा लिन आउने सेवाग्राहीका लागि विश्रामस्थल निर्माण गरिएको छ ।
प्रथम खुला पुरुष तथा महिला क्रसकन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा रहेका मध्यपूर्वी देशहरुमा पछिल्लो समय विकसित तनावका कारण मुलुकको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा गम्भीर सङ्कट देखापर्न सक्ने सम्भावना औँल्याइएको छ ।
कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् ।