• २९ फागुन २०८२, शुक्रबार

शारदा नगरपालिकाले घरबिमाबाट दुई परिवारलाई क्षतिपूर्ति प्रदान

blog

निःशुल्क घरबिमा रकम हस्तान्तरण गरिँदै । तस्बिरः प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २९ गते ।
शारदा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क घरबिमा कार्यक्रमअन्तर्गत यस वर्ष दुई घरधुरीले क्षतिपूर्ति पाएका छन्।

नगरपालिका–८ निवासी लाली वलीले एक लाख ६७ हजार ८४० रुपियाँ र वडा–१० निवासी संगीता कवरले ९६ हजार ४२२ रुपियाँ प्राप्त गर्नुभएको छ।

नगरप्रमुख प्रकाश भण्डारीका अनुसार प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त घर भएका परिवारलाई राहत दिने उद्देश्यले यो कार्यक्रम निरन्तर जारी रहनेछ।

कार्यक्रम कर्णाली प्रदेश सरकारको “घरबिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१” अनुसार लागू भएको हो। हालसम्म शारदा नगरपालिकाले चार हजार ७०७ घरधुरीलाई घरबिमाको सेवा उपलब्ध गराइसकेको छ।