मोहनसिंह बुढा
हुम्ला, फागुन २८ गते । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ स्थित जनकल्याण माध्यामिक विद्यालय आफ्नै भवनमा स्थानान्तरण भएको छ । गाउँको बिचमा रहेको विद्यालय पाँच वर्ष अगाडि गाउँभन्दा केही दूरी टाढा निर्माण सम्पन्न भएको सोही वडाको मदानखाडामा स्थानान्तरण गरिएको हो ।
विद्यालय गाउँमा हुँदा विद्यार्थीको अध्यानमा समस्या अउने र माध्यामिक बिद्यालय सञ्चालन गर्दा जग्गाको क्षेत्रफल नपुग्ने भएकाले विद्यालय मदानखाडामा सारिएको विद्यालयका प्रधानाध्यापक परबहादुर थापाले बताउनुभयो । हाल सारिएको विद्यालयमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास कार्यालय हुम्ला र अदानचुली गाउँपालिकाद्वारा निर्माण सम्पन्न भएका पाँच वटा भवनमा १३ वटा कोठा रहेका छन् ।
२०३७ सालमा कक्षा ५ सम्म अध्ययन हुने गरी जनकल्याण प्राथमिक बिद्यालयका रुपमा सञ्चालन भएको सो विद्यालय आधारभूत हुँदै गत वर्षबाट मात्र माध्यामिक विद्यालय बनाइएको हो । माध्यामिक विद्यालय बनाइएको एक शैक्षिक सत्र पुरानै ठाउँमा सञ्चालन गरिएको भए पनि यस वर्षको शैक्षिक सत्र फागुन पहिलो साताबाट सुरु भइ यतिबेला अध्यापन सुरु भएको विद्यालय सार्न गएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण फडेराले बताउनुभयो । उहाँका अनुसार विद्यालय नयाँ ठाउँमा सार्दैमा विद्यालयको शिक्षा गुणस्तरिय नहुने भएकाले यसमा सबै अविभावकले विद्यालय प्रति चासो राख्नु पर्ने देखिएको बताउनुभयो ।
औपचारीक रुपमा नयाँ ठाउँमा सारिएको विद्यालयलाई माध्यामिक विद्यालय सञ्चालनका लागि जतिको जोड दिएको छ । शिक्षामा सुधार ल्याउन उत्तिकै भूमिकामा रहनु पर्ने जिल्ला समन्वय समिति उपप्रमुख दलु फडेराले बताउनुभयो । सो विद्यालयमा यतिबेला शिक्षकहरुको अभाव भएकाले शिक्षक दरबन्दीका लागि आवश्यक ठाउँमा सबैले पहल गर्नु पर्ने बताउनुभयो ।