• २९ फागुन २०८२, शुक्रबार

अटो दुर्घटनामा गम्भीर घाइते उप्रेतीको मृत्यु

blog

शिवकुमार रिजाल 
मनहरी (मकवानपुर), फागुन २९ गते ।
अटो दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ ढकाल टोलका ६६ वर्षीय रेशम उप्रेतीको उपचारको क्रममा मृत्यु भएको छ ।

गत फागुन २२ गते बिहान मनहरी गाउँपालिका वडा नं ८ स्थित ढकालटोलबाट पूर्वपश्चिम राजमार्गतर्फ आउने क्रममा बाटोमा रोकिएको अवस्थाको ना २ ह ३२४७ नं को अटो अकस्मात गुडी दुर्घटना हुँदा उप्रेती गम्भीर घाइते हुनुभएको थियो ।

दुर्घटनास्थलबाट तत्कालै स्थानीयबासिन्दा र प्रहरीको समन्वयमा उद्धार गरी चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएका उप्रेतीको बिहीबार राति मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनापछि अटो चालक राजकुमार ढकाल प्रहरी नियन्त्रणमा हुनुहुन्छ । मृतक मनहरी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष नारायण उप्रेतीका दाजु हुनुहुन्छ ।