नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए ।
यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्र सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ ।
गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन् । हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने १२२ किलोमिटर दूरीको यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको तुलनामा ५० किलोमिटर छोटो छ ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय हिसाबले प्रशंसनीय भए पनि त्यस निर्वाचनको अनुभवबाट केही महत्त्वपूर्ण विषयमा भने नीतिगत सुधारको आवश्यकता औँल्याइएको छ ।
बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि बढ्न थालेको छ । पतझरको समय सुरु भएसँगै वनमा पात झर्ने र नयाँ पालुवा पलाउने क्रम चलिरहेकाले सुक्खा वातावरणका कारण सानो आगोको झिल्कोले समेत ठूलो डढेलोको रूप लिने खतरा बढेको छ ।
डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा बनाइएका अवैध घरटहरा भत्काएको छ।
गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा बढी छाप्रो बिहीबार भत्काइएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न चीनको ताक्लाकोटबाट आएका नाम्खा गाउँपालिका–६ लिमीका मतदाता मतदान सकिएपछि पुनः कामका लागि ताक्लाकोट फर्किएका छन्।
इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिपोर्ट र पीडकको बयानपछि प्रहरी इनिसाको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो ।
सल्यानबाट प्रतिनिधि सभामा पहिलो पटक नवनिर्वाचित सांसद रमेश मल्लले जिल्लाको विकासका लागि सडक तथा आधारभूत पूर्वाधार सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।
बाजुराका अधिकांश गाउँबस्तीका घरको ढोकामा पछिल्लो समय ताला झुन्डिएको मात्र देखिने गरेको छ । गाउँमा बसेर गरिखाने केही उपाय नभएपछि अहिले यहाँका अधिकांश गाउँबस्तीका स्थानीय रोजगारीका लागि भारतका विभिन्न ठाउँमा रहेका छन् । भोको पेट पाल्नैका लागि यहाँका स्थानीय भारतमै बस्ने गरेकाले पछिल्लो समय यहाँ उनीहरूका घरमा ताला झुन्डिएको देखिने गरेको हो ।