पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फकाे मत परिणाम सार्वजनिक गरेकाे छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फकाे एक सय १० सिटकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको अनुगमन गर्नुभएको छ ।
उहाँको पहिलो औपचारिक वक्तव्यमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ प्रतिबद्धतासमेत व्यक्त गरिएको बिबिसीले जनाएको छ ।
निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् ।
संयुक्त राष्ट्रसङ्घका एक शीर्ष विज्ञले मध्यपूर्वमा जारी युद्ध र सहायतामा विश्वव्यापी ध्यान केन्द्रित हुँदा म्यान्माको मानवअधिकार उल्लङ्घन र मानवीय सङ्कट अझ भयावह हुने चेतावनी दिनुभएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न मितिमा फरार रहेका दुई जना कैदी तथा प्रतिवादीलाई पक्राउ गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ ।
शुक्रबार अर्थात् फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालिमा’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशभरका चलचित्र घर (हल) ले बिहीबारदेखि बुकिङ खुला गरेका हुन्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नेपालका औषधी उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताउनुभएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ।
यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणीपछि अत्यधिक रक्तस्रावका कारण इनिसा विकको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरुको औपचारिक रुपमा बिदाइ गरिएको छ ।