सालझण्डी–खर्ज्याङ–तम्घास सडकखण्डअन्तर्गतको देउराली–रेसुङ्गा विमानस्थल सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा रहेको छ । ४.५ किलोमिटर कालोपत्रे सडक निर्माणको सम्झौता इन्द्रा. एम.के जेभी ललितपुरले पाएको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८१/८२ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या १५ प्रतिशतले बढेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरेर थालिएको मतदाता नामावली सङ्कलन तथा अध्यावधिकमा म्याग्दीमा दुई हजार दुई सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
सरकारले ५० करोड रुपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँच वर्ष अवधिको बचतपत्र निष्कासन गरेको हो । बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
विदेशी लगानीकर्ताको धेरै आकर्षणको क्षेत्रमा नरहेको नेपालको कृषि क्षेत्रमा यस पटक भने उच्च लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा मात्रै नेपालको कृषिक्षेत्रमा करिब २२ अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
उपल्लो मुस्ताङको कोरला नाकाबाट मङ्सिरसम्म चार अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । मुस्ताङ भन्सार कार्यालय नेचुङका प्रमुख रमेश खड्काका अनुसार शुक्रबारसम्म तीन अर्ब ८३ करोड रुपियाँ राजस्व सङ्कलन भएकोमा यो महिनासम्म चार अर्ब रुपियाँभन्दा बढी राजस्व उठ्ने अनुमान छ ।
रौतहटको चन्द्रनिगाहपुरबाट सशस्त्र प्रहरीले शनिबार पेस्तोल तथा म्यागजिनसहित एक जनालाई पक्राउ गरेको छ ।
धान बिक्री नभएपछि कैलालीका किसान समस्यामा परेका छन् । धान बेचेर गहुँको बिउ र मलको जोहो गर्दै आएका कृषक यस वर्ष धान बिक्री गर्न नपाएपछि समस्यामा परेका हुन् ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीले नेपाल–भारत द्विपक्षीय पारवहन सन्धि संशोधनले उद्योग–व्यापारमा सहजीकरणको बाटो खोलेको बताएका छन् ।
सभामुख देवराज घिमिरेले अकुपन्चरले नेपालको वैकल्पिक स्वास्थ्य क्षेत्रलाई बलियो बनाएको बताउनुभएको छ । विश्व अकुपन्चर दिवसका अवसरमा नेपाल अकुपन्चर मोक्सब्युसन एन्ड एकुप्रेसर एसोसिएसन र चाइनिज मेडिसिन डक्टर सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रममा सभाभुख घिमिरेले नेपालमा वैकल्पिक चिकित्सा, प्राकृतिक उपचार तथा अकुपन्चर सेवाको उन्नति र जनस्तरमा विस्तारका लागि लाग्नुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता गरिएको छ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबिच शनिबार भएको वार्तामा यस्तो सहमति भएको हो ।
जलवायु परिवर्तनको असर हेवाँ खोला र तमोर नदी सङ्गमस्थल वारिपारि बसोबास गर्ने माझी समुदायका भान्सासम्म नै परेको छ ।
आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।
शनिबार नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र जनयुग पार्टीका अध्यक्ष जवराज सुवेदीले संयुक्ति वक्तव्य सार्वजनिक गर्दै एकताको जानकारी गराउनुभएको हो।