गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । ‘वुमन सर्जनस् अफ नेपाल’ को अध्यक्षमा प्राडा पलेस्वाँ जोशी लाखे निर्वाचित हुनुभएको छ । उक्त संस्थाको वार्षिक साधारण सभाबाट जोशी अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसै गरी साधारण सभाले महासचिवमा प्राडा क्षतेन योन्जन तामाङ र कोषाध्यक्ष डा. सुजिता हिराचनलाई निर्वाचित गरेको छ । यस्तै सदस्यमा डा. माया भट्टचन र डा. नम्रता खड्का निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा डा. प्रतिभा धौभडेलको स्मृतिमा उहाँको परिवारद्वारा स्थापना गरिएको ‘डा. प्रतिभा धौभडेल मेमोरियल स्कलरसिप’ वितरण गरिएको थियो । उक्त छात्रवृत्ति प्राप्त गर्नेमा डा. ईशा दाहाल, डा. दक्षता शाक्य र डा. रश्मि पुडासैनी हुनुहुन्छ । उहाँहरूलाई जनही एक लाख रुपियाँ छात्रवृत्ति प्रदान गरिएको छ । त्यसै गरी डा. सीमा परविन, डा. सिर्जना न्यौपाने, डा. उरुषा पाठक, डा. निहारिका मालेगो र डा. शिवानी पाख्रिनले जनही ५० हजार रुपियाँको छात्रवृत्ति प्राप्त गर्नुभएको छ ।