भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको आज श्रद्धाञ्जलीसभापछि अन्तिम संस्कार गरिएको छ । हृदयाघातका कारण उहाँको सोमबार निधन भएको थियो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–७ का ६६ वर्षीय खैरसिं प्रजा (चेपाङ) ले आफ्नो खोरियामा उत्पादन भएको १०४ धार्नी तरुल बिक्री गर्नुभएको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ ।
कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दाको आउजाउ सहज भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१, रेगिल र खाँडाचक्र नगरपालिका–३, रास्कोट जोड्ने झुलुङ्गे पुल बनेपछि आवतजावतमा सुविधा पुगेको हो।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा वियजी सुरुवात गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको छ ।
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा म्याग्दीको सदरमुकाम बेनीमा प्रतिमा निर्माण गरिएको छ।
प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित गर्न आह्वान गरिएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताउनुभएको छ ।
सातदोवाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा एनआरटी र ललीगुराँसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् ।
माल्दिभ्समा चैत ९ देखि २१ गतेसम्म आयोजना हुने यु–२० साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ ।
नेपाली कांग्रेसका राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यबिच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भएको छ।
निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको छ ।