• २७ फागुन २०८२, बुधबार

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै एनआरटी र लालीगुराँसका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन २७ गते । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । 

सातदोवाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा एनआरटी र ललीगुराँसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । 

प्रतिस्पर्धात्मक खेलमा एनआरटीले २६औँ मिनेटमा अन्जन विष्टको गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि लालीगुराँसका आशिष गुरुङले खेलको अन्तिम तथा ९०औँ मिनेटमा गोल गर्दै टोलीलई हारबाट जोगाउनुभयो ।

बराबरीसँगै १० खेलबाट २० अङ्क बनाएको लालीगुराँस चौथो स्थानमा छ । समा खेलबाट १९ अङ्क जोडेको एनआरटी छैटौँ स्थानमा छ ।

१३ टोली सहभागि लिगको विजेताले १५ लाख रुपियाँ पाउने आयोजक एन्फाले जनाएको छ ।