साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचाररनिर्देशनरसूचना बमोजिम सजग रहन अनुरोध गरेको छ ।
मकवानपुरको विकट कैलाश गाउँपालिकास्थित कालिकाटारमा निर्माण गरिएको १० शय्याको आधारभूत अस्पताल उद्घाटन गरिएको छ ।
यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा कुटपिट गरेको घटनामा संलग्नलाई प्रहरीले आठ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
दक्षिणी इथियोपियाको गामो क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको प्रहरीले बुधबार पुष्टि गरेको छ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ स्थित चिप्लेमा रहेको राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ड्याम निर्माणस्थल ।
महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभई ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताउनुभएको छ ।
अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौँ नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरु गरिसकेको बताउनुभएको छ ।
नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
मध्यपूर्वमा बढ्दो तनावका बिच पाँच हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सिरहा जिल्ला सदरमुकामस्थित जिल्ला अदालत बार एसोसिएसनको कार्यालय रहेको भवनमा बम विष्फोट भएको छ । विष्फोटमा परेर एक जना सहयोगी घाइते भएका छन्।
आमनिर्वाचनमा मतदान गर्ने मतदाता वृद्धि र सहजताका लागि जेष्ठ नागरिक र अपाङ्गमैत्री मतदानस्थल बनाउन जोड दिइएको छ ।
बाँकेको कोहलपुराम बिहीबारदेखि प्रथम कोहलपुर प्राइड लिग (केपीएल) टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभई लैङ्गिक समानताको आधारस्तम्भ भएको बताउनुभएको छ ।