• २७ फागुन २०८२, बुधबार

मध्यपूर्वमा रहेका पाँच हजार नेपालीले गराए असुरक्षित रहेको जानकारी

blog

काठमाडौँ, फागुन २८ गते । मध्यपूर्वमा बढ्दो तनावका बिच पाँच हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको प्रेस ब्रिफिङमा सो जानकारी दिइएको हो । ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा रहेका नेपाली नागरिकको अवस्था अद्यावधिक गर्न कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा पाँच हजारभन्दा बढीले आफ्नो विवरण टिपाएको उल्लेख गर्नुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार, पछिल्लो समय विवरण अद्यावधिक गर्ने क्रममा केही नागरिकले आफू सुरक्षित रहेको जानकारीसमेत गराउन थालेका छन् । असुरक्षित रहेका नागरिकको सुरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।

"पाँच हजार जनाले आफू असुरक्षित रहेको जानकारी गराउनुभएको छ, तर पछिल्लो समय यो सङ्ख्या घट्दो क्रममा छ," प्रवक्ता क्षेत्रीले भन्नुभयो, "विशेष गरी ट्रान्जिटमा रहेका नेपालीले बढी असुरक्षित महसुस गरेको पाइएको छ । उहाँहरूको सुरक्षा र उद्धारका लागि सरकार क्रियाशील छ ।"

मध्यपूर्वको तनावबारे अध्ययन गरी सरकारलाई सुझाव दिन गठित 'इमर्जेन्सी रेस्पोन्स टिम' ले आफ्नो कार्य जारी राखेको समेत मन्त्रालयले जनाएको छ ।