शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, फागुन २७ गते । बिरुवा गाउँपालिका वडा नं – ८ का वडा अध्यक्ष नविन कुमार आलेको बुधबार मृत्यु भएको छ । आलेको आस्था अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
चार दिन अगाडि समान्य बिरामी हुनु भएका आलेको मिर्गौला फेल भएको र सोही कारण मृत्यु भएको पालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो ।
आले २०७९ को स्थानीय तहको निर्वाचनमा सोही वडाबाट अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
आलेले निर्वाचनमा ६७९ मत प्राप्त गर्दै नेपलाी कांग्रेसका तिलबहादुर रानालाई १७१ मतले पतराजित गर्नुभएको थियो । आलेले ६७९ मत प्राप्त गर्नुभएको थियो ।