जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रूपमा विकास गर्न सकिने बताउनुभएको छ ।
व्यास नगरपालिकाले सरसफाइ व्यवस्थापनको लागि जग्गा खरिद गर्ने क्रममा बदमासी गरेको आरोप लागेका चार जना कर्मचारीलाई निलम्बन गरेको छ । नगरपालिकाकै कर्मचारीले बदमासी गरेको अडियो सार्वजनिक भएपछि बुधवार कार्य पालिकाको बैठकले वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत एवम् नगरपालिकाका सूचना अधिकारी कुमारकञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र सवारी चालक कुशेस्वर गुरुङलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग घरेलु मैदानमा तीन खेलको सिरिज खेल्ने भएको छ ।
म्याग्दी, फागुन २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ स्थित ताकम गाउँ र पृष्ठभूमिमा रहेको गुर्जा हिमाल । ताकमकोतको फेदीमा रहेको ताकम गाउँ गुरिल्ला पदमार्ग र धौलागिरी चक्रीय पदमार्गको प्रवेशद्वार हो । तस्बिर : रासस
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्रको काम पूरा भएको छ भने प्रसारण लाइन निर्माणमा विलम्ब भएको छ ।
स्वतन्त्रता प्राप्तिका लागि ज्यान अर्पण गर्ने व्यक्तिलाई सहिद भनिन्छ ।
जाजरकोट, फागुन २२ गते । बारेकोट गाउँपालिका–४ तम्तुस्थित हिउँले ढाकिएको बस्ती । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने मुख्य बाटो यही हाे । तस्बिर : रासस
काठमाडौँ, फागुन २२ गते । काठमाडौँको स्वयम्भूस्थित विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य । तस्बिर : रासस
मुस्ताङ, फागुन २२ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित कागबेनी गाउँ र आसपासको क्षेत्र । प्रसिद्ध धार्मिकस्थल कागबेनीधाम रहेको यहाँ वर्षको दुई पटक सोह्र श्राद्धमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । तस्बिर : रासस
ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २, खुर्पादेन क्षेत्रमा मकै रोप्न हाते ट्याक्टरले खेत जोत्दै महिला । यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र किसानहरुको साझेदारीमा मकै जोन कार्यक्रम सञ्चालनमा छ। तस्बिरः रासस
कञ्चनपुर, फागुन २२ गते । शुक्लाफाँँटा नगरपालिका ४ स्थित खेतमा किरा खाँदै गरेको मुरली चरा । रैथाने प्रजातिको यस चराले किरा फट्याङ्ग्रा, पुतलीलगायत खाने गर्दछ । यो चरा किसान मैत्री चराका रुपमा परिचित छ । तस्बिर : रासस
पुस र माघ निकै जाडो हुन्छ । त्यसैले हामीले न्यानो लुगा लगाउने र तातो खानेकुरा खाने गर्दछौँ । जाडोमा हाम्रो शरीर काँप्छ, आङ जिरिङ्ग हुन्छ, शरीरमा काँडा उम्रन्छन् र शरीरका रौँ ठाडा हुन्छन् । यस्तो किन हुन्छ होला है ? यसका बारेमा चर्चा गरौँ है त ।
युइएफए च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा लिभरपुल र बार्सिलोनाले किठन जित निकालेको छ ।
बालकृष्ण समको वास्तविक नाम बालकृष्णशमशेर जङ्गबहार राणा हो ।