हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जीगाउँका स्थानीय स्थायीरूपमा बसाइँ सर्न मान्दैनन् । लिमीको पुरानो, धार्मिक र ऐतिहासिक गुम्बाको डरले हल्जीगाउँका स्थानीय बसाइँसराइ गर्न डराउने गरेका हुन् ।
दोलखाको भीमेश्वर नगरपालिका–६, चोथाङमा निर्माण हुने बहुसांस्कृतिक सङ्ग्रहालय क्षेत्र अन्तर्गत गुरु रेम्बोर्छे (पद्मसम्भव) को मूर्ति अनावरण गरिएको छ । बागमती प्रदेश सरकारको १
जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताउनुभयो ।
बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको बागमती प्रदेश विश्वविद्यालयले आगामी शैक्षिक शत्रबाट पठनपाठन सुरु गर्ने गरी तयारी थालेको छ । सोही व्रmममा विश्वविद्यालयले तयार पारेको वेबसाइटको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार सुरु गरिएको छ ।
डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्यान्ड’ पुस्तक विमोचन गरिएको छ ।
नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम अन्तिम चरणमा पुगेको छ । चितवन र नवलपरासी क्षेत्रको नदी किनारमा लगाइएको विभिन्न प्याकेजका ठेक्काको काम सकिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामको चारैतिर भएर निर्माण हुने ३२ किलोमिटरको जनकपुर चक्रपथको बुधबार शिलान्यास गरिएको छ । नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले चक्रपथको शिलान्यास गर्नुभएको हो ।
सुनकाशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित पक्की पुल निर्माण तीव्र गतिमा अगाडि बढेको छ । यसअघि कोशीमा आएको बाढीको कटानबाट खोटाङपट्टिको पिल्लर बाङ्गिएप
उत्पादनका साधनमध्ये श्रम महत्वपूर्ण साधन हो ।
नेपाली महिलाले यतिबेला देशका सबै क्षेत्रमा अग्रसरता देखाएका छन् ।
राज्यको नीति निर्माण तहमा दलित महिलाको सहभागिता न्यून छ ।
विगत तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य हुने सम्भावना बढेको छ ।
बाँदरबाट आतङ्कित बनेका दोलखाको मेलुङ गाउँपालिका–७ का किसानहरूलाई राहत दिन ड्रोन प्रयोग गर्न लागिएको छ । बाँदर धपाउन बन्दुकलगायतका साधनको प्रयोग गर्दा पनि नभएपछि यो नयाँ प्रविधि अपनाउन लागिएको वडाध्यक्ष नवराज खडकाले जानकारी दिनुभयो ।
स्वास्थ्य, खाद्य सुरक्षा र सुरक्षित आवास मानवीय जीवनका लागि आधारभूत आवश्यकता मानिन्छ ।