जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’का रूपमा रहेको यो पुल निर्माण हुन नसकेको हो ।
स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने निर्णय गरेको गाउँपालिकामै मदिरा बिक्रीमै रोक लगाइएको छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरीमा छ हजार ७७९ यात्रुको आवागमन भएको छ ।
अर्गानिक प्रदेशको आधार तय भएको कर्णालीमा रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताउनुभएको छ । यर्थाथपरक बजेट आउँदा बिच बिचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने पनि उहाँको भनाइ छ ।
कोशी प्रदेशका सुपारी उत्पादक किसानले यस वर्षको उत्पादन प्रशोधन गर्न थालेका छन् । बोटमा सुपारी तयार हुँदै गएका कारण किसानले प्रशोधनको काम थालेका हुन् । सुपारी प्रशोधनको काम सुरु गरेका किसान भने उत्पादित सुपारी कसरी बेच्ने भन्ने चिन्तामा परेका छन् ।
अपाङ्गता भएका व्यक्तिमध्ये पनि न्यून सङ्ख्यामा रहेका, सीमान्तकृत वर्गका समस्या, चुनौती पहिचान गर्न राजधानीमा राष्ट्रिय अपाङ्गता सम्मेलन आयोजना गरिएको छ ।
राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ । संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुन्छ ।
अवैध बाटो हुँदै संयुक्त राज्य अमेरिका पुगी गैरकानुनी रूपमा बसोवास गरेका आठ जना नेपालीलाई त्यहाँको अध्यागमन विभागले देशनिकाला गरी नेपाल फिर्ता पठाएको छ ।
प्रमुख राजनीतिक दलसम्बन्धी श्रमिक सङ्गठनका अगुवाले न्यूनतम ज्यालाको समसामयिक पुनरवलोकन माग गरेका छन् ।
क्रान्तिवीरको निसानी झापाको सुखानी, कम्युनिस्ट राजनीतिको केन्द्र वरिपरि फन्को लगाइरहन्छ । २०२९ फागुन २१ गते तत्कालीन पञ्चायती सत्ताले आस्थाका बन्दीलाई झापाको चन्द्रगढी कारागारबाट इलामस्थित कारागारमा लैजाने बहानामा झापाको खुदुनाबारी र इलामको दानाबारीमा पर्ने सुखानीको जङ्गलमा पाँच जना कम्युनिस्ट क्रान्तिकारी योद्धाको हत्या गरेको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपाली समाजबाट लैङ्गीक, वर्गीय, क्षेत्रीय लगायतका सबै किसिमको विभेदको अन्त्य गर्न जागरुकता देखाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ पुस्तामा परिवर्तनको अनुभूति हस्तान्तरण गर्न नसकिएको बताउनुभएको छ ।
जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ ।
मकवानपुर प्रहरीले छोराको हत्या अभियोगमा आमाबाबुलाई नियन्त्रणमा लिएको छ ।मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा ३ अदुवाबारीका मिनबहादुर भ्लोन र निजको श्रीमती देवीमाया भ्लोन आफ्नै छोराको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।