ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) जाने पदमार्ग निर्माण गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम हुँदै पाथीभरा आउजाउ गर्ने पदमार्ग निर्माण गरिएको हो।
संयुक्त अरब इमिरेट्स (युएई) ले यसअघि सामूहिक मुद्दामा दोषी ठहरिएका ५३ जनाको अपिललाई अस्वीकार गरेको छ । तीमध्ये अधिकांशलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ह्युमन राइट्स वाच (एचआरडब्लु) ले बुधबार निर्णयलाई ‘अनुचित’ भन्दै निन्दा गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक यथाशीघ्र खैरो सूची ‘ग्रे लिस्ट’ बाट हट्ने विश्वास व्यक्त गर्नुभएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि वार्ताका लागि तयार रहेको घोषणा गर्नुलाई रूसी प्रशासनिक केन्द्र (क्रेमलिन) ले ‘सकारात्मक’ भनेको छ ।
क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्य अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्युुटिओ) मा उजुरी दिएको डब्ल्युटिओले बुधबार पुष्टि गरेको छ ।
विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी बुधबार ३३ लाख अमेरिकी डलरमा बिक्रीका लागि राखिएको छ ।
बाँकेमा नदीजन्य पदार्थको अवैध दोहोन र ओसारपसार बढेको छ । बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदीको सिधनियाघाट छेउबाट ठुलो परिमाणमा नदीजन्य पदार्थहरु बालुवा र गिट्टीको अवैध दोहोन र ओसारपसार गर्ने दुई पिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो।
गएको शनिबार बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा बाक्लो हिमपात हुँदा मध्यपहाडी लोकमार्गका धेरै यात्रीले खान बस्ने सुविधा नहुँदा सास्ती खेपेका छन् ।
वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याको समन्वयात्मक रूपमा समाधान गर्ने विषयमा बुधबार परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ।
‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकबाट बहुमतले स्वीकृत गरेको छ।
युगान्डा भ्रमणका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा.वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान् ठाकुरलाई निजको पदबाट निलम्बन गर्ने निर्णय भएको छ ।
कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।