हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।
पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उहाँले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताउनुभयो ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया प्रारम्भ गरेको छ । सोही क्रममा मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सम्बद्ध विभाग र निकायसँग परामर्श गरेको छ ।
कथाकार शुभचन्द्र राईको ‘समयले जन्माएका कथाहरू’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । वाम्बुले राई समाज नेपाल (वाम्रास) संस्थाले ओखलढुंगाको मानेभन्ज्याङ–३ वामद्याल ९उँबुगाउँ० मा निर्माण गरेको मुन्दुम सांस्कृतिक प्रतीक स्वालेवा स्तम्भ पार्क उद्घाटन समारोहमा उक्त कृति सार्वजनिक गरिएको हो ।
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेदेखि सुरुभएको छ । आजको बैठकमा सरकारले ल्याएको पाँच वटा अध्यादेश प्रस्तुत हुने कार्यसूची रहेको छ ।
मध्यपश्चिम विश्वविद्यालयले आफ्नो तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार आयोजना गर्ने भएको छ ।
तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीका नेता कार्यकर्ताले पार्टी सम्हाल्ने जिम्मेवारी पुनः आफूलाई दिएको बताउनुभएको छ ।
बागलुङको बाङेचौर खेलमैदानमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा नेपाली सेनाको श्रीमेहर गण र पर्पल हेजले विजयी सुरुवात गरेका छन् ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक युवक मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय दिपेश केदेमलाई आज बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो ।
अस्तव्यस्त अमेरिकी सेनाको फिर्तीका क्रममा काबुल विमानस्थल बाहिर सन् २०२१ को घातक आत्मघाती बम विस्फोटका लागि जिम्मेवार इस्लामिक स्टेटका एक कार्यकर्तालाई पक्राउ गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताउनुभएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार जापान र दक्षिण कोरिया अलास्कामा प्राकृतिक ग्यास पाइपलाइन निर्माणमा संयुक्त राज्य अमेरिकासँग काम गर्न चाहने देशहरू मध्ये रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी सशस्त्र युद्धका कारण मुलुक २५ वर्ष पछाडि परेको बताउँदै शान्तिको बाटोले मात्र मुलुकको विकास सम्भव भएको बताउनुभएको छ ।
जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छभने सात जना घाइते भएका छन् ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु. नौ सय र चाँदीको मूल्य रु. १० ले बढेको हो ।