खुला दिसामुक्त जिल्ला घोषणा भएको १३ वर्ष पुग्दा पनि चितवन माडीका बासिन्दा वन्यजन्तुको जोखिम मोलेरै खुला शौच गर्न बाध्य छन् ।
अर्थशास्त्रले स्रोतसाधनलाई दुर्लभ भनेको छ । सीमित स्रोत र साधनबाट बढी लाभ पाउनु आवश्यक हुन्छ ।
नैतिकता जीवनको एउटा अपरिहार्य र महत्वपूर्ण गहना हो । यसको अभ्यास एक दुई जनाले एकैछिन मात्र पालन गरेर हुँदैन ।
सरकारको नीति, सोच, लक्ष्य र योजनालाई नतिजामा परिणत गर्न निर्माण गरिएको प्रशासनिक संरचना कर्मचारीयन्त्र हो ।
१. नेपाल मुक्तक प्रष्ठिानको १२ औँ वार्षिकोत्सवका अवसरमा भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित सर्जक को हुन् ? मुक्तककार नन्द हाङ्खिम (पुरस्कार राशि : रु. ५१ हजार)
मुलुक सञ्चालनको मेरुदण्ड कानुन १. साक्षी परीक्षण भनेको के हो ? मुलुकी देवानी कार्यविधि संहिता, २०७४ मा व्यवस्था गरिएका साक्षी परीक्षणसम्बन्धी प्रावधान सङ्क्षिप्तमा उल्लेख गर्नुहोस् ।
दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को छायाङ्कन २९ दिनमा सकिएको छ । चलचित्रको गीतबाहेक अन्य सम्पूर्ण छायाङ्कन सम्पन्न भएको निर्देशक खनालले बताउनुभयो ।
हेटौँडामा प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगिता सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–४ को आयोजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा भएको प्रतियोगितामा नगरका १२ वटा समूह रहेका छन् ।
नेपाल चिकित्सक सङ्घको स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ को विमोचन भएको छ ।
‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मङ्गलबारबाट काठमाडौँमा सुरु भएको छ । चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सव तीन दिनसम्म चल्ने छ ।
अन्जिला तुम्बाप्पो सुब्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमको क्याप्टेन हुनुहुन्छ । हाल उहाँ फुटबल खेल्नका लागि विदेशमा हुनुहुन्छ । यतिखेर उहाँको जीवनकथामा आधारित चलचित्र ‘अन्जिला’ प्रदर्शनको तयारीमा छ ।
जहाज सञ्चालन गर्ने उद्देश्यले २०२७ सालमा पानी जहाज दर्ता ऐन, २०२७ जारी भयो तर यो ऐन अझै पनि समयानुसार परिमार्जन भएको छैन । ५४ वर्ष अघि निर्माण भएको ऐनले समयसापेक्ष काम गर्न बाँधा पुर्याएको गुनासो बढेको छ ।
पर्वतमा गत वर्षभन्दा यस वर्ष मौसम अनुकूल र पकेट क्षेत्रसमेत वृद्धिका कारण आलु उत्पादनको परिमाण वृद्धि हुने देखिएको छ ।
हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो । मूल्य घट्ने क्रमसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपियाँमा झरेको छ ।
काठमाडौँ, फागुन २१ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ११ पैसा निर्धारण भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा कायम भएको बैंकले जनाएको छ । यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रुपैयाँ १० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३ रुपैयाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९ रुपैयाँ ७३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर चार सय ५३ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपैयाँ ६७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४७ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।