अस्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजना हुन लागेको छ । डि व्वाइज इन्टरटेन्मेन्ट नामक संस्थाले मे २८ जुन १ सम्म अस्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्न लागिएको हो।
अमेरिकी सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा आइसकेपछि र सरकारमा भएका बेला सङ्घर्षका बेला जस्तो जनसम्बन्ध राख्न नसक्नु माओवादीको कमजोरी भएको बताउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबिच ओभल अफिसमा भएको मौखिक झडपपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । ट्रम्पले शान्ति सम्झौतामा प्रगति नभए युक्रेनी नेता धेरै लामो समयसम्म बाँच्न नसक्ने चेतावनी दिनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्थगित गर्नुभएको छ । उहाँले किएभलाई रुससँग शान्ति वार्तामा सहमत हुन दबाब दिनुभएको छ र युरोपलाई आफ्नो रक्षा बढाउन आठ खर्ब युरोको योजना सार्वजनिक गर्न प्रेरित गर्नुभएको छ ।
गृहमन्त्री रमेश लेखकले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने काममा सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसदमा लैजाने प्रतिबद्धता जनाउनुभएको छ ।
बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्रीको सहभागितामा जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णलगायतले अनुगमन गर्नुभएको हो।
दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकको उद्धार (रेस्क्यु) गर्ने जस्तो मात्र भएको बताउनु भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडीले मौका पाएका छन् ।
हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ। पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो। मूल्य घट्ने क्रमसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपियाँमा झरेको छ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।
नेपाली र हिन्दी सङ्गीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट अब गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा जुटेको छ।
धनगढीमा चैत ७ गते हुने छैटौँ सुदूरपश्चिम स्पोर्टस् अवार्ड–२०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गर्नेभएको छ ।