काठमाडौँ, फागुन २० गते । अस्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजन हुन लागेको छ । डि व्वाइज इन्टरटेन्मेन्ट नामक संस्थाले मे २८ जुन १ सम्म अस्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्न लागिएको हो।
नेपाली फिल्म र पर्यटन प्रवर्धन उद्देश्यसहित अवार्ड आयोजना गर्न लागिएको डि व्वाइज इन्टरटेन्मेन्टका प्रमुख गणेश मल्लले बताउनुभयो। पछिल्लो समय नेपाली फिल्मको बजार अस्ट्रेलियामा राम्रो हुँदैगएको छ । अस्ट्रेलियामा नियमित रूपमा अधिकांश नेपाली फिल्म प्रदर्शन हुँँदैआएको छ । ठुलो फिल्मले करोड भन्दा बढीको व्यापार अस्ट्रेलियामा मात्र गर्नेगरेको छ। यसले नेपाली फिल्मको बजारलाई राम्रो प्रवर्धन गरेको छ । फिल्ममार्फत पर्यटन र नेपाली फिल्मका दर्शकमा पनि प्रवर्धन हुँदैआएको छ ।
नेपाली फिल्मको विभिन्न विधालाई समेटेर अवार्डको आयोजन गर्न लागिएको हो । कलाकार तथा फिल्मकर्मीलाई सहभागी गराएर अवार्ड आयोजना गरिने गणेश मल्लले बताउनुभयो । फिल्मका नोमिनेट कलाकार, चिनिएका प्राविधिक, फिल्म पत्रकार, आयोजक र फिल्मकर्मीलाई बाहेक अन्यलाई कार्यक्रम सहभागी नगराइने पनि आयोजकले जनाएको छ । डि व्वाइजले अस्ट्रेलिया
घोषणा, नोमिनेसन, अवार्ड समारोह र धन्यवाद ज्ञापनसहित चार चरणमा हुने अवार्डमा विभिन्न १८ वटा विधा समावेश गरिएको छ। बरिष्ठ फिल्मकर्मीबाट जुरी मनोनयन गरी जुरीको निर्णयअनुसार अवार्ड प्रदान गरिनेछ ।
फिल्म, निर्देशक, कथा, सङ्गीत, अभिनेता, अभिनेत्री, चरित्र कलाकार, गायक, गायिका, छाँयाकर, सम्पादक, ब्याकराउन्ड स्कोरलगायत विधाहरु समावेश हुनेछ । यस्तै, पपुलर हिरो अफ द इयर, पपुलर हिरोइन अफ द इयर पनि समावेश गरिनेछ । एक जना चलचित्र पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार र एक जना विशिष्ट फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड नगद राशीसहित प्रदान गरिने आयोजनकले जनाएको छ।
अवार्डमा समावेश हुने विधाहरू, सहभागी कलाकार तथा अवार्डको जुरी र अन्य जानकारी छिट्टै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने आयोजकले जनाएको छ। पछिल्लो समय विकृतिको रूपमा आयोजना भइरहेको अवार्ड समारोहलाई व्यवस्थित र प्रतिष्ठित अवार्डको रूपमा आयोजना गर्न कुनै कसर बाँकी नराख्ने पनि आयोजकले बताएको छ ।
२०८० सालमा प्रदर्शन भएका फिल्महरूको दर्ता सुरु भएको बताउँदै आयोजक संस्थाका गणेश मल्लले अवार्ड समारोहमा अस्ट्रेलियन फिल्मकर्मी, वितरक र नागरिकहरूको पनि उपस्थित हुने बताउनुभयो । अवार्ड समारोहको भोलिपल्ट अस्ट्रेलियामा नेपाली फिल्मबजार, दर्शकको अवस्था र प्रवर्धन अन्तर्गत विदेशी फिल्मकर्मी पाहुना र नेपाली फिल्मकर्मीबिच संवाद तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने छ । अवार्ड समारोहका लागि चलचित्रसँग सम्बन्धित संघ संस्था, सरकारी सङ्घ संस्था र र अन्य प्रायोजकसँग पनि सहकार्य गरिने आयोजकले जनाएको छ।