पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो ।
एन्फा यु–१६ लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड क्लबले थ्रिस्टार क्लबविरुद्ध कठिन जित निकालेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३० दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार र आज निरन्तर दोहोरो अङ्कले घटेको हो ।
राप्ती आँखा अस्पतालमा शल्यक्रिया भवनको शिलान्यास गरिएको छ । भारतीय दुतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा भवन निर्माण हुन थालेको हो ।
कोशी अस्पताल, विराटनगरमा सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत जितेन्द्र भनिने जितेन चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक डा. श्रीराम पौडेलको पुस्तक ‘नेपालमा आमसञ्चारः समाचार र गैर–समाचार मिडियाको नालीबेली’ सार्वजनिक गरिएको छ ।
पश्चिम तराईका किसानहरू खाना पकाउन गुइँठा भण्डारण गर्न थालेका छन् । विशेषगरी वर्षाको समयमा दाउरा अभाव हुनेभएकाले किसानहरू अहिलेदेखि दाउराको विकल्पको रुपमा गुइठा बनाउने गर्दछन् ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा सल्यान खड्गी नियुक्त हुनुभएको छ ।
नेपालको लागि नयाँ प्रजातिको चरा फेला परेको छ। पूर्वी नेपालको झापा जिल्लास्थित मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टा क्षेत्रमा ‘पर्पल रम्प्ड सनबर्ड’ फेला परेको हो।
मधेश शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय (यादव) आज जनकपुरधाममा मृत भेटिएका छन् । सर्लाहीको मलङ्गवा नगरपालिकाको गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेश प्रदेश भवनभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुलो परिमाणमा कारोबार भइरहेको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ ।
अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप तीन अर्ब ८४ करोड निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, हथराटोलमा विद्यालय भवन निर्माण भएको दुई वर्ष भयो