दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बुद्धिमती विश्वकर्मा दृष्टिविहीन हुनुहुन्छ ।
जिल्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथि बेलिब्रिज बन्ने भएको छ । गत पुसमा नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार दोजाम कर्णाली नदीमाथिको बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय कार्यान्वयनमा आएपछि बेलिब्रिज निर्माण कार्य अगाडि बढेको हो ।
सुर्खेतस्थित प्रदेश अस्पतालमा तीन वर्षको अवधिमा छ जनामा सफल रूपले मिर्गौला प्रत्यारोपण गरिएको छ । २०७९ माघ २१ गते पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको र सोमबार दुई जनाको पनि प्रत्यारोपण गरिएपछि छ जना पुगेको हो ।
जाडो छल्न बेँसी झरेका हिमाली क्षेत्रका भोटे समुदाय जाडो सकिएसँगै गाउँ फर्कन थालेका छन् । जाडो मौसम सुरु भएसँगै न्यानोको खोजीमा भोटे समुदाय छिमेकी जिल्ला जुम्ला र जिल्ला सदरमुकाम गमगढी आसपासका गाउँबस्तीमा झरेका थिए ।
सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिको योजना अघि बढ्ने भएको छ ।
रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् ।
सुदूरपश्चिम प्रदेश गौरवका आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको छ । सरकारले छ वर्षदेखि कार्यान्वयन गरिरहेको सडकको काम आशातीत रूपमा अगाडि बढ्न सकेको छैन । पर्याप्त बजेट विनियोजन नहुनु र निर्माण कम्पनीले पनि तदारुकताका साथ काम नगर्दा आशातीत प्रगति नभएको बताइएको हो ।
सुदूरपश्चिम प्रदेशमा रहेको पन्छीताललाई विश्व रामसार क्षेत्रमा सूचीकृत गर्न वस्तुस्थिति अध्ययनको काम सुरु भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् । चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन् ।
अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ ।
धार्चे गाउँपालिका–२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले उपचार सेवा लिएका छन् । शिविरमा एक सय ७७ जनाले स्त्री तथा प्रसूति र तीन सय ३४ जनाले नाक, कान र घाँटी, एक सय ५६ जनाले युएसजी र ७२ जनाले इसिजी सेवा लिएका थिए ।
वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशितवाम्बुले राई भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा