लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवा डाँडाको वडा कार्यालय भवन निर्माण गर्न स्थानीय एक दम्पतीले जग्गा दान गर्नुभएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो ।
ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य सामानसहित खसीको मासुको मूल्य छ सय रुपियाँ तोकेको छ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपातलगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो ।
बाबाआमाले भन्ने गर्नुहुन्छ– प्रकृति खुला किताब हो, हामीले पाठ्यपुस्तकमा जे जे पढेका छौँ, त्यसको प्रयोग प्रकृतिमा देख्न सकिन्छ । उहाँहरूको भनाइको प्रत्यक्ष अनुभूति बिदाको समयमा विभिन्न स्थानमा घुम्न जाँदा हुने गरेको छ ।
आइसिसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्ने भएका छन् ।
सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । यही फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
चित्र मिजारसिन्धुपाल्चोक, फागुन २२ गते । नेपाल एकीकरणका बखत गोर्खाली सेनाले निर्माण गरेको साँगचोकगढी अलपत्र छ । चौतारा साँगचोकगढी नगरपालिका–१२ मा अवस्थित उक्त गढी पुन निर्माण र संरक्षण अभावमा बषौंदेखि अलपत्र अवस्थामा रहदैं आएको छ ।उक्त गढी तत्कालीन राजा पृथ्वीनारायण शाहका पहिलो सेना प्रमुख शिवरामसिंह बस्नेतसहित १३ जना सेनाले भक्तपुर र कीर्तिपुर मल्ल राजाका सेनापति काशीराम थापासँग युद्धमा वीरगति प्राप्त गरेको इतिहास छ । सैनिक संग्राहलय छाउनीको अभिलेख अनुसार गोरखाका राजा शाहले बाइसे चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्ने क्रममा आफ्नो सेनालाई सिन्धुपाल्चोक पठाएको र नयाँ नेपाल निर्माण गर्ने क्रममा १८०३ सालमा साँगचोकगढीको निर्माण गरेको इतिहास छ ।शाहको सेनाले कान्तिपुरका मल्ल राजाहरुले अड्डा जमाई रहेको साँगचोकगढी आक्रमण गरेर विजय प्राप्त गरेको इतिहास छ । त्यसताका गढीकै छेउमा युद्ध सामाग्री राख्न निर्माण गरिएको कोत पनि छ । उक्त कोत भएकै स्थानमा स्थानीयले अहिले बच्छलादेवी मन्दिर गरेर बडा दसैँको फूलपातीमा पूजाआजा गर्दे आई रहेका छन् । कालान्तरमा आएर संरक्षण अभावमा साँगचोकगढी जीर्ण र कन्तबिजोग अवस्थामा पुगेको स्थानीय धुव्रराज गिरी बताउनु हुन्छ । गढीसम्म पुग्न माने डाँडा सडक र बच्छदादेवी मन्दिर निर्माण गरिएको छ । गढी नजिकसम्म पदमार्गको सिँढी निर्माण भएको छ । गढीमा वीरगति प्राप्त गर्ने तत्कालीन सेना प्रमुख शिवराम सिंह बस्नेतको सालिकसहितको स्मारक पार्क, शान्ति पार्क, गढी क्षेत्र र पिकनिक स्पोर्ट निर्माणको काम अधुरो छ । सो समयमा इँटाबाट लगाइएका गारो, पुराना इँटा उत्खननका क्रममा भेटिएको जाँतो, सिलौटो, लोहोरो लगायतका सामाग्री बच्छलादेवी मन्दिरमा संरक्षण गरेर राखिएको छ । राज्यको पुनर्संरचनापछि यसै गढीको नामबाट चौतारा साँगचोकगढी नगरपालिका राखिएको छ । यस गढीबाट तिब्बतको माथिल्लो क्षेत्र, नेपाल–तिब्बतको युद्ध स्थल दुगुनागढी, नुवाकोट, भक्तपुर, काठमाडौँ र काभ्रेपलान्चोक लगायतका स्थानहरू देखिन्छ । गढीको अवलोकनका लागि आन्तरिक, बाह्य पर्यटक आउने गर्छन् । अलपत्र गढी हेरेर पर्यटकहरू निराश भएर फर्किने गर्छन् । उक्त गढीलाई ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्र बनाउन लाग्नु पर्ने स्थानीयहरूको माग छ । एक दशक अघि स्थानीयहरूको प्रयासमा १६ करोड लागतमा गढीको निर्माण गर्न डिपिआर गरिएको थियो । तर पटक–पटक गरेर पाँच करोड बढीको काम भएको छ । उक्त कामको पनि हिसाबकिताब सार्वजनिक भएको छैन ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकबाट गठित सुझाव समितिको प्रतिवेदन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ ।
दुई सय ३० वर्ष पुरानो इतिहास बोकेको बुटवल–१६ को नरेश्वरधाम बोलबम मन्दिरको संरक्षणसँगै बर्सौंदेखि लाग्दै आएको मेला संरक्षणमा स्थानीय जुटेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट वार्षिक साढे तीन लाखभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।
गण्डकी प्रदेश सरकारले बजेट नपठाउँदा लमजुङको पूर्वी क्षेत्र दुधपोखरीको ‘लाइफ लाइन’ सडकका रूपमा रहेको बोराङखोला–बिचौर सडक कालोपत्रको काम अलपत्र परेको छ ।
बझाङको उत्तरी भेगको एउटा दुर्गम गाउँ छ, जहाँ अहिलेसम्म पनि जडीबुटीकै भरमा उपचार गराउनुपर्ने बाध्यता छ । सामान्यदेखि जटिल बिरामी हुँदासम्म पनि जडीबुटीको खोजी सुरु हुन्छ ।
कैलालीको ओजुवा तालपरिसरमा डेढ करोड रुपियाँ लगानीमा भौतिक संरचना निर्माण गरिँदै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
लैङ्गिक हिंसा रोकथाम र गम्भीर प्रकृतिका घटनालाई कानुनी उपचारका लागि पहल गर्ने उद्देश्यले नारायण नगरपालिकामा नगरस्तरीय सामुदायिक सुरक्षा जालो नामक सञ्जाल गठन गरिएको छ ।