अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिनुभएको छ । उहाँले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिनुभएको छ ।
काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत हुनुहन्छ । उहाँ एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एड्स सङ्क्रमित हुनुहुन्छ ।
जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्नुहुन्थ्यो । आफूसँग भएको आधा विघा जमिनले खान पनि नपुग्ने भएकाले उहाँ गाउमै खेतीपाती र अन्य काममा मजदूरी गर्दै आउनुभएको थियो ।
म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यीकरण योजना सुरुआत भएको छ । हिन्दू तथा बाैद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो ।
सरकारको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल ‘ मुन्धुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ ।
भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार भारतको नयाँ दिल्ली जाँदैछ ।
जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रूपमा विकास गर्न सकिने बताउनुभएको छ ।
व्यास नगरपालिकाले सरसफाइ व्यवस्थापनको लागि जग्गा खरिद गर्ने क्रममा बदमासी गरेको आरोप लागेका चार जना कर्मचारीलाई निलम्बन गरेको छ । नगरपालिकाकै कर्मचारीले बदमासी गरेको अडियो सार्वजनिक भएपछि बुधवार कार्य पालिकाको बैठकले वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत एवम् नगरपालिकाका सूचना अधिकारी कुमारकञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र सवारी चालक कुशेस्वर गुरुङलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग घरेलु मैदानमा तीन खेलको सिरिज खेल्ने भएको छ ।
म्याग्दी, फागुन २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ स्थित ताकम गाउँ र पृष्ठभूमिमा रहेको गुर्जा हिमाल । ताकमकोतको फेदीमा रहेको ताकम गाउँ गुरिल्ला पदमार्ग र धौलागिरी चक्रीय पदमार्गको प्रवेशद्वार हो । तस्बिर : रासस
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्रको काम पूरा भएको छ भने प्रसारण लाइन निर्माणमा विलम्ब भएको छ ।
स्वतन्त्रता प्राप्तिका लागि ज्यान अर्पण गर्ने व्यक्तिलाई सहिद भनिन्छ ।
जाजरकोट, फागुन २२ गते । बारेकोट गाउँपालिका–४ तम्तुस्थित हिउँले ढाकिएको बस्ती । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने मुख्य बाटो यही हाे । तस्बिर : रासस