ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबिच आज यहाँ भेटवार्ता भएको छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रको विकल्प अराजकता हुनै नसक्ने बताउनुभएको छ। धार्मिक भ्रमणको नाममा पूर्वराजा ज्ञानेन्द्र शाहले देश दौडाहा गरिरहेकोप्रति संकेत गर्दै पोखरेलले एउटा स्वार्थी जमात ठाउँ ठाउँमा नारा लगाउँदै देशमा फेरि अराजकता सिर्जना गर्न खोजीरहेको बताउनुभयो।
कृषिमन्त्री रामनाथ अधिकारीले वास्तविक कृषकलाई अनुदान दिने कुरामा अहिलेको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मध्यविन्दु कृषि प्रविधि तथा रैथाने खाना महोत्सवको बिहीबार उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव सम्झेर बर्तमान अवसरलाई खेर फाल्न नहुने बताउनुभएको छ । अरू काम छाडेर चुनावको मात्र चर्चा गर्नु उपयुक्त नभएको उहाँको भनाइ छ ।
राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले सरकारलाई निरङ्कुश भन्ने कुरा मिथ्या आरोप भएको बताउनुभएको छ ।
धनगढी उपमहानगरपालिका–७ पटेलामा बनिरहेको आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको छ। गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज दुई दशमलव ७० अङ्कको गिरावटपछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गताको अवस्थामा कमी ल्याउन स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आगलागीका घटना न्यूनीकरण गर्न हरित स्वयम् सेवक क्रियाशील बनेका छन् । सिन्धुपाल्चोकमा बर्सेनी हुने आगलागी तथा डढेलोको घटनालाई निवारणका लागि स्वयमंसेवक खटिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताउनुभएको छ।
राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’, २०८१ स्वीकृत भएको छ ।
धरान उपमहानगरपालिकामा तीन राउन्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएर एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताउनुभएको छ ।
भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ । आगामी चैतभित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडान भइरहेको छ ।