• २२ फागुन २०८१, बिहिबार

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत

blog

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सहभागी उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सब्बा गुरुङलगायत । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, फागुन २२ गते।राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’, २०८१ स्वीकृत भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो।अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।उक्त प्रस्ताव राष्ट्रिय सभाले बहुमतले पारित गरेको हो ।

यो अध्यादेश स्वीकृत भएसँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ।