मधेश प्रदेशको राजधानी जनकपुरधामसँग नजिक रहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –१ मा निर्माण भएको अत्याधुनिक वाटरपार्क शुक्रबारदेखि सञ्चालन हुन लागेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल रेडक्रस कैलाली शाखालाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ।
चीनको अर्थतन्त्रले अन्तर्राष्ट्रिय परिवेशमा बढ्दो ‘अनिश्चितता’का साथै अपर्याप्त आन्तरिक मागको सामना गरिरहेको एक उच्च वित्तीय अधिकारीले बिहीबार बताउनुभएको छ ।
नारी दिवसको अवसरमा बिहीबार स्रष्टा सम्मान र लघुकथा सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा नारी स्रष्टा समाज नेपालले सम्मान तथा पुरस्कार कार्यक्रम गरेको हो।
फाप्लु विमानस्थलमा रिफ्यूलिङ सेन्टर स्थापना अन्तिम चरणमा पुगेको छ । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा रहेको लुक्ला विमानस्थलमा पर्यटकीय मौसममा फाप्लु विमानस्थलबाट नियमित हवाई उडान गर्न नेपाल आयल निगमको रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य अगाडि बढेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले कमजोर युद्धविरामको अवहेलना गर्न इजरायललाई प्रोत्साहित गर्ने हमासले बिहीबार बताएको छ ।
युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोशेन्को र युलिया टिमोशेन्कोले बिहीबार वासिङ्टन अधिकारीहरूले उहाँहरूको टोलीसँग छिटो मतदान गर्नेबारे कुराकानी गरेको खबर आएपछि शान्तिकाल नआउँदासम्म चुनावमा प्रतिबन्ध लगाउने कुरालाई समर्थन गर्नुभएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबिच आज यहाँ भेटवार्ता भएको छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रको विकल्प अराजकता हुनै नसक्ने बताउनुभएको छ। धार्मिक भ्रमणको नाममा पूर्वराजा ज्ञानेन्द्र शाहले देश दौडाहा गरिरहेकोप्रति संकेत गर्दै पोखरेलले एउटा स्वार्थी जमात ठाउँ ठाउँमा नारा लगाउँदै देशमा फेरि अराजकता सिर्जना गर्न खोजीरहेको बताउनुभयो।
कृषिमन्त्री रामनाथ अधिकारीले वास्तविक कृषकलाई अनुदान दिने कुरामा अहिलेको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मध्यविन्दु कृषि प्रविधि तथा रैथाने खाना महोत्सवको बिहीबार उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव सम्झेर बर्तमान अवसरलाई खेर फाल्न नहुने बताउनुभएको छ । अरू काम छाडेर चुनावको मात्र चर्चा गर्नु उपयुक्त नभएको उहाँको भनाइ छ ।
राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले सरकारलाई निरङ्कुश भन्ने कुरा मिथ्या आरोप भएको बताउनुभएको छ ।
धनगढी उपमहानगरपालिका–७ पटेलामा बनिरहेको आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको छ। गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज दुई दशमलव ७० अङ्कको गिरावटपछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गताको अवस्थामा कमी ल्याउन स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।