विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिद प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८१/८२ मा दलित समुदायका विद्यार्थीको छात्रवृत्तिका लागि वार्षिक करिब एक अर्ब रुपियाँ खर्च गर्ने गरेको छ ।
सरकारलाई सङ्घीय संसद्मा विचाराधीन पाँच अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ । सङ्घीय संसद्का दुवै सदनबाट अध्यादेश स्वीकृत भएसँगै प्रतिस्थापन विधेयकको बाटो खुलेको हो ।
ल्यान्डिङ गियरको दुई वटा पाङ्ग्रामध्ये एउटा पाङ्ग्राबिनै काठमाडौँमा अवतरण गरेको बुद्ध एयरको जहाज अनुसन्धानका लागि भूमिस्थ (ग्राउन्डेड) गरिएको छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।
भारतको बथनाहा रेलवे स्टेसनबाट मोरङको कटहरी (महेशपुर) सम्मको रेलमार्गमध्ये नेपालतर्फको निर्माण तयारी थालिएको छ ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनले विदुर सुवेदीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा केन्द्रिकृत रुपमा कक्षा ८ को वार्षिक परीक्षा सुरु भएको छ। फक्ताङ्लुङ गाउँपालिकास्तरीय कक्षा ८ अर्थात आधारभूत तह उत्तीर्ण परीक्षा २०८१ बिहीबारदेखि सुरू भएको हो।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा बिहीबार साँझ बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ।
डडेलधुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो । जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सभाको बिहीबार भएको सातौं अधिवेशन अन्तर्गतको चौथो बैठकमा चार विधेयक पेश भएका छन्। सभामा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसायी ऐन’लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा लैजाने प्रस्ताव पेश गर्नुभयो।
दस किलो लागुऔषध चरेससहित नेपाल भारत सीमा पारी रुपैडिहाबाट एक नेपाली नागरिक पक्राउ परेका छन्।
पर्वतारोहणको क्षेत्रमा विश्व कीर्तिमान कायम गर्नुभएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ लाई बिहीबार म्याग्दीको बेनीमा सम्मान गरिएको छ।