• २२ फागुन २०८१, बिहिबार

नेपाल यु–१९ टोलीले अफगानिस्तानसँग सिरिज खेल्ने

blog

त्रिवि मैदान कीर्तिपुरमा तयारी गर्दै युवा टोलीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन २२ गते । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग घरेलु मैदानमा तीन खेलको सिरिज खेल्ने भएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सिरिज मूलपानी क्रिकेट मैदानमा चैत २१ गते, २४ गते र २७ गते हुनेछ । 

नेपालले विश्वकप छनोटको तयारीका लागि अफगानिस्तानसँग सिरिज खेल्न लागेको हो । अफगानिस्तान युवा टोलीले क्यानको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेको हो ।