• २२ फागुन २०८१, बिहिबार

च्याम्पियन्स लिग : लिभरपुल र बार्सिलोनाको कठिन जित

blog

बल प्रहार गर्दै लिभरपुलका खेलाडी । तस्बिर : डेली एक्प्रेस

काठमाडौँ, फागुन २२ गते । युइएफए च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा लिभरपुल र बार्सिलोनाले किठन जित निकालेको छ । 

पेरिस सेन्ट जर्मन (पिएसजी) को घरेलु मैदानमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुल १–० गोलले विजयी भएको हो ।

पाहुना टोली लिभरपुलको जितमा हार्वे इलियटले निर्णायक गोल गर्नुभयो । उहाँले ८७औँ मिनेटमा डार्विन नुनेजको पासमा गोल गर्नुभएको थियो । दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा हुनेछ । 

यस्तै अर्को खेलमा पाहुना टोली बार्सिलोनाले बेन्फिकालाई १–० गोलले स्तब्ध बनायो । बार्सिलोनाको जितमा राफिन्हाले ६३औँ मिनेटमा गोल गर्नुभयो । दोस्रो लेग बार्सिलोनको घरेलु मैदानमा हुनेछ । 

बुधबार राति नै भएको अर्को बायर्न म्युनिखले बायर लिभरकुसनलाई ३–० गोलले हरायो । घरेलु टोली बायर्नलाई जिताउन केनले दुई तथा जमाल मुसियालाले एक गोल गर्नुभयो । 

अर्को खेलमा इन्टर मिलानले फेयनुर्डलाई २–० गोलले हरायो । पाहुना टोली इन्टरको जितमा मार्क थुर्रम र कप्तान लाउटारो मार्टिनेजले गोल गर्नुभयो । एजेन्सी