नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि १० जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार आइतबार साँझसम्म नेप्सेको सिइओ पदका लागि १० जनाको आवेदन परेको हो ।
काठमाडौँ, फागुन २६ गते । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
चितवन निकुञ्ज हुँदै माडी लगिएको भूमिगत पुरानो तारमा समस्या आएपछि थप अर्को नयाँ तार बिछ्याउने तयारी गरिएको छ । आठ वर्षअगाडि बिछ्याइएको विद्युत्को तारमा
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई आफ्नो विषयमा स्पष्टीकरण पेस गर्नुभएको छ ।
अर्थ मन्त्रालयले पूर्वतयारी भएका आयोजनाका लागि मात्र बजेट प्रस्ताव गर्न जोड दिएको छ ।
प्रहरीले मानव तस्करीका शृङ्खलाबद्ध घटनामा संलग्न एक आरोपितलाई लामो प्रयासपछि नियन्त्रणमा लिएको छ ।
गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण र पीडितलाई पुनस्र्थापना गर्ने काम प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ ।
तोकिएको धरौटी तथा जमानत दिन नसकी थुनामै रहेर मुद्दा पुनरावेदन गर्दा ६ महिनामा किनारा लगाउनुपर्ने व्यवस्था भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिको हकमा पनि लागु हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ ।
मकवानपुरका किसानले विषादीको विकल्पमा गहुँत सङ्कलन गरेर प्रयोग गर्न थालेका छन् । व्यावसायिक कृषिको आरम्भ भएसँगै बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न विषादीको प्रयोग वृद्धि भइराखेका बेला यहाँका किसानले प्राकृतिक उपचार अपनाउन थालेका हुन् ।
समुदायमा पछिल्ला केही वर्षयता सरुवा रोगभन्दा नसर्ने रोगहरुका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको बताइएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले शौचालय निर्माण तथा व्यवस्थापनमा तिव्रता दिएको छ । पाथीभरा मन्दिरको दर्शनका लागि आउने तीर्थयात्रीको सहजताका लागि समितिले शौचालय व्यवस्थापन र निर्माणको कार्यलाई तिव्रता दिएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको प्राइम कमर्सियल बैङ्क लिमिटेडले गत असोज दोस्रो साता बाढीपहिरोका कारण प्रभावित बनेका १६ परिवारका लागि अत्यावश्यक भान्छाका भाडाकुडाँ हस्तान्तरण गरेको छ ।
हेटौँडामा आइतबार दिउँसो राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। हेटौँडा–५, पिप्लेका १७ वर्षीय प्रियान्सु आचार्यको राप्ती खोलामा डुबेर मृत्यु भएको हो।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रमा मृत फेला परेका युवकको मृत्यु ट्रकको ठक्करबाट भएको पुष्टि भएको छ। ठक्कर दिने ट्रक चालक सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ५ मोरङ निवासी सन्जित कामी पक्राउ परेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएको बताउनुभएको छ। उहाँले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताउनुभएको छ।