जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ को मुख्य उपाधि जङ्गु थारू र रुपा थारूले जित्नुभएको छ ।
गुणात्मक अनुसन्धानका लागि उपयोगी हुने एट्लास टीआईसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । यहाँस्थित मंगल बहुमुखी क्याम्पसले विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका शिक्षक शिक्षिकालाई एट्लास टीआईसम्बन्धि प्रशिक्षण दिइएको हो ।
आगामी जेठ ३ गतेदेखि कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिति मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गरिएको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैङ्क नेपालले संयुक्त रुपमा सञ्चालन गरेको हेल्पडेक्सले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई निरन्तर सहयोग गर्दै आएको छ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न नहुनेमा जोड दिनुभएको छ ।
पर्वतमा एक सय ८९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले तीन दिन सञ्चालन गरेको शिविरमा ११५ सामुदायिक र ७४ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको हो ।
राष्ट्रियसभालाई प्रतिनिधिसभाले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी देख्दैछु । प्रतिनिधिसभाका समानुपातिक सांसदलेसमेत राष्ट्रियसभाका सदस्यलाई हेर्ने नजर फरक हुनु आश्चर्यजनक छ ।
पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले राससलाई बताउनुभयो ।
स्थानीय तहमा कार्यरत करारका कर्मचारीलाई फाइदा पुग्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले ऐन बनाउन लागेको भन्दै आन्दोलन गरिरहेका विद्यार्थीले नेपाली कांग्रेसको झन्डा निकालेर फालेपछि विवाद भएको छ।
राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेसका एक नेताको निधन भएको छ । दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा निवासी कांग्रेस तनहुँको आमन्त्रित सदस्य वर्ष ५२ को बालकृष्ण पौडेलको निधन भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायब महानिरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक र विशेष बढुवा हुनुभएका अधिकृतहरूलाई फागुन २५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा वडाध्यक्षको घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
सांसदहरूले राजतन्त्र पक्षधरको नाराजुलुसदेखि दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
रूपन्देहीको देवदह–९ मा रहेको जनप्रिय सामुदायिक वन २०६६ सालमा महिलाको हातमा हस्तान्तरण भयो ।सामुदायिक वनमा महिला नेतृत्वसँगै संरक्षणमा स्थानीय महिलाको जीवनको एक महत्त्वपूर्ण पाटो बनेको छ । हस्तान्तरणको समयदेखि हालसम्म वनलाई महिला नेतृत्वले हाँकिरहेका छन् ।