क्रिप्टोकरेन्सी प्रयोग तथा जुवा वा सट्टाबाजीमा सम्लग्न रहेको आरोपमा कास्की प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरुलाई गत फागुन २३ गते पोखरा १४ अनुपम टोलबाट पक्राउ गरिएको हो।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडस्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले जनालाई प्रहरीले पक्राउ गरेको छ। पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
चर्च ब्वाइज क्लब पाँचथरको फिदिममा जारी पाँचौँ पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वार्टरफाइनल खेलमा चर्च ब्वाइजले भारतको हिल्स फुटबल एकेडेमीलाई ४–० गोलले हरायो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उहाँलाई स्वागत गरेका थिए ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको नेपाली सेनाको हेलिकाेप्टरबाट आमासहित नवजात शिशुको उद्धार गरिएको छ।
सहिद स्मारक ‘बी’ डिभिजिन लिग फुटबल आइतबारदेखि सुरु भएको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घको जिल्लाका छ वटा गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ। जिल्ला कार्य समिति गठनका लागि चौथो गाउँपालिका अधिवेशन फरक फरक मितिमा सम्पन्न भएका हुन्।
नागरिकता ऐन संशोधन विधेयक महिला अधिकारको प्रतिकुल रहेको महिला कानुन व्यावसायीहरूले आपत्ति जनाएका छन् ।
नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताउनुभएको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा )झरेको हो ।
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।
चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो घोषणा गरिएको हो ।
वासिङ्टनले इराकलाई छिमेकी मुलुक इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवालाई नवीकरण नगरिएको बग्दादस्थित अमेरिकी दूतावासका प्रवक्ताले आइतबार बताएका छन् ।
एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष (०८१) १ दशमलव ०३२ प्रतिशतको झिनो अङ्कले वृद्धि भएको छ ।
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन् ।