• २६ फागुन २०८१, सोमबार

‘बी’ डिभिजिन लिग : च्यासल र वीरगन्जको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै च्यासल र वीरगन्जका खेलाडी ।

काठमाडौँ, फागुन २५ गते । सहिद स्मारक ‘बी’ डिभिजिन लिग फुटबल आइतबारदेखि सुरु भएको छ ।

दशरथ रङ्गशालामा भएको लिगको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगन्ज युनाइएटेड क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । 

लिगमा च्यासल र वीरगन्जसहित रानीपोखरी कर्नर टिम (आरसिटी), श्री भगवती क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज यूनियन क्लब, मध्यपुर युथ क्बल, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बासबारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती युथ क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडको सहभागिता रहेको छ।

दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने लिगका खेलहरु कुल ९१ वटा हुनेछन् । लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिन एन्फाले जनाएको छ ।