नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताउनुभएको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा )झरेको हो ।
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।
चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो घोषणा गरिएको हो ।
वासिङ्टनले इराकलाई छिमेकी मुलुक इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवालाई नवीकरण नगरिएको बग्दादस्थित अमेरिकी दूतावासका प्रवक्ताले आइतबार बताएका छन् ।
एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष (०८१) १ दशमलव ०३२ प्रतिशतको झिनो अङ्कले वृद्धि भएको छ ।
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन् ।
राष्ट्रियसभाले महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।
गोरखा नगरपालिका–६ कुहिरेभिरमा रहेको ढुङ्गै ढुङ्गाले बनेको स्टोनपार्क पर्यटकको आकर्षण बन्दै गएको छ ।
डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दलबहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले अहिले नेपाली समाज सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै सांसद गौतमले यस्तो बताउनुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताउनुभएको छ।
किसानको उत्पादनको सुरक्षा र बजारिकणमा सहयोग पुर्याउन तनहुँको म्याग्दे गाउँपालिकाले चिस्यान केन्द्र (कोल्ड स्टोर्स) सञ्चालन गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंहले सप्तरीका पूर्वी भेगका खेती बाली संरक्षणका लागि हाई प्वाइन्ट निर्माण सरकारसँग माग गर्नुभयो ।
नेपालका लागि क्याटरपिलर हेवी इक्विप्मेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्स प्रालिले हाइड्रो सेगमेन्टका ग्राहकलाई केन्द्रित गरी ग्राहक सम्मेलन आयोजना गरेको छ।