उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मिहिनेतनै नगरी कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको बताउनुभएको छ ।
राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद कमला पन्तले राज्यको विभिन्न निकायमा महिलाको सहभागिता उल्लेख वृद्धि भएको बताउनुभएको छ । आइतबार रष्ट्रियसभाको विशेष समयमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न सम्झौता गरी समयमा उद्योग सञ्चालन नगर्ने तीन वटा उद्योगसँगको सम्झौता रद्ध गरिएको छ ।
राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । आइतबार बसेको बैठकलाई बोल्नुहुँदै गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
क्यानडाको लिबरल पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको सामना गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्व गभर्नरलाई आफ्नो नयाँ नेताका रुपमा चयन गर्ने तयारी गरेको छ ।
लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनलाई टुङ्ग्याउन आइतबार छलफल कार्यक्रम आयोजना गरेको हाे ।
इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन इजरायलसँग माग गरेको छ । समूहले वार्तामा सीधै अघि बढ्ने आफ्नो अडानलाई आइतबार दोहोर्याएको हो ।
नेपाल-भारत मैत्री सङ्घ जिल्ला शाखा पाल्पाको अध्यक्षमा पुनः कृष्णप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार रामपुरमा भएको पाँचौं मैत्री सभा बाट श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।
राष्ट्रियसभा सदस्य गोमादेवी तिमिल्सिनाले समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै गइरहेको भए पनि नेपालमा दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको बताउनुभएको छ ।
धनुषाको सबैला नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमाका भक्तजनलाई स्वागत गर्न एक दिने स्थानीय बिदा दिएको छ ।
ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरुका कतीपय ऐतिहासिक कुराहरु मेटिसकेका छन् । खोटाङको डुम्रेधारपानीमा रहेको कोटगढी भने तीन सय वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर यो ऐतिहासिक क्षेत्रमा पुरातात्विक विभाग वा सङ्घीय र प्रदेश सरकार कसैको पनि नजर पुगेको छैन ।
पाँचथर जिल्लाका विभिन्न स्थानमा तीनपाङ्ग्रे साधन (अटो) चलाएर नागरिकको आवागमनमा सहजीकरण गर्दै आएका चार जना महिलालाई सम्मान गरिएको छ ।
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । आइतबार दिउँसो सवा १ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्नुहुनेछ ।
आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन –८४’ गरिरहेको नेकपा (एमाले) यतिबेला वडा केन्द्रित अभियानमा जुटेको छ । सो अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ ।