इमान सिं राना
रामपुर (पाल्पा), फागुन २५ गते । नेपाल-भारत मैत्री सङ्घ जिल्ला शाखा पाल्पाको अध्यक्षमा पुनः कृष्णप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार रामपुरमा भएको पाँचौं मैत्री सभाबाट श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।
श्रेष्ठले यसअघि दुई कार्यकाल जिल्ला शाखाको नेतृत्व गरिसक्नुभएको छ । सभाले सदस्यहरु समेत निर्विरोध चयन गरेको छ । सदस्यहरुमा भेषराज सुवेदी, नारायणप्रसाद शर्मा, वामदेव बस्याल, कमल ढकाल, राजु बयम्बु, कमला दमै, विनोद श्रेष्ठ, कुविजा अधिकारी, ऋतुमान श्रेष्ठ, लेखनाथ शर्मा मरासिनी, कृष्णप्रसाद भट्टराई, भूगोलप्रसाद बैजु, लक्ष्मण विक, अर्जुन श्रेष्ठ, विष्णुप्रसाद रेग्मी, ओमनारायण श्रेष्ठ, विन्दु श्रेष्ठ, हेमकुमार श्रेष्ठ, मञ्जु शर्मा लगायत रहनु भएको छ ।
मैत्री सभालाई सम्बोधन गर्नुहुँदै सङ्घका केन्द्रीय महासचिव बोधकृष्ण सुवेदीले सङ्घीय संरचना अनुसार मैत्री सङ्घलाई थप व्यवस्थित बनाएर अघि बढेको बताउनुभयो । १०५ जना आजीवन सदस्य आबद्ध जिल्ला शाखाको कार्यसमितिमा कुल २१ सदस्य सङ्ख्या रहनेछ । चयन भएका सदस्यहरुबाट पदाधिकारीसँगै बाँकी सदस्य पछि चयन गरिने निर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।