‘विश्वभरका कथाको उत्सव’ आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जारी छलफललाई ‘रङ्गमञ्च कि रङ्गिनपर्दा’ मा उहाँले रङ्गमञ्च र महोत्सवमा दर्शक कमी भएकाले यो कसका लागि गरिएको हो भन्ने भान हुन थालको बताउनुभयो।
राष्ट्रपति रामचन्द्र पौडेल सोलुखुम्बु आउनुहुने भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उदघाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चैत ११ गते सोलुखुम्बु आउन लाग्नुभएको हो ।
बाल मनोविज्ञानमा आधारित विजय मल्लद्वारा लिखित ‘कोही किन बर्बाद होस्’ नाटक मञ्चन भएको छ। शुक्रबार थापाथलीस्थित सेन्ट जेभियर्स कलेजमा अध्ययनरत स्नातक चौंथो वर्षका विद्यार्थीहरूले उक्त नाटक मञ्चन गरेका हुन्।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ कार्यक्रम सुरु गर्ने भएका छन् । आज यहाँ बोर्डमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा खण्डको विस्तारको काम तीव्ररुपमा भइरहेको छ ।
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत दुलेगौँडा–हर्कपुर मोटरमार्गको स्तरोन्नतीको कामले तीब्रता पाएको छ । शुक्लागण्डकी नगरपालिकाले निर्माणको काम चाँडै सम्पन्न गर्न दबाब दिएपछि अलपत्र पारेर छाडेको निर्माण कम्पनी हाल काममा फर्किएर तदारुकतासाथ काममा फर्किएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कूटनीतिक सम्बन्ध विस्तारका लागि आफ्नो भारत भ्रमण फलदायी भएको बताउनुभएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सरकार थप प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।
विहादी गाउँपालिका-२ बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र बनेको छ । विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।
रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।
महोत्तरीको बर्दिबासमा अत्याधुनिक सुविधासहितको ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ। सुवोनिता फाउण्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने ट्रमा सेन्टरका लागि शुक्रबार बर्दिबास नगरपालिका र फाउण्डेसनबिच सहमति भएको छ।
कैलालीको धनगढीमा छ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन हुने भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका क्षेत्र । विशेषगरी यो स्थान हिमपहिरो (खटी) जाने प्रमुख क्षेत्र मानिन्छ । गत साल यहीँ मानापाथी पिकबाट हिमपहिरो जाँदा बोक्सीखोला बजारबासी प्रभावित बनेको थियो ।
खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा रहेको एसइई परीक्षा केन्द्रमा एउटा मात्र विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन्।