राजनीतिक दलले तीन वटा प्रदेशमा कम्तीमा एक/एक सिट जितेपछि मात्रै राष्ट्रिय दलको मान्यता पाउने गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा निर्वाचन आयोगले संशोधनको प्रस्ताव गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कपिलवस्तुको अध्यक्षमा रामअवतार चौधरी सर्वसम्मत चयन हुनुभएको छ । बाणगंगा नगरपालिका –४ स्थित सामुदायिक रेडियो बुद्ध आवाजको प्रांगणमा सम्पन्न फोनिजको दोस्रो जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकोमा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।
लुम्बिनि प्रदेशका सामाजिक बिकासमन्त्री जन्मजय तिमिल्सेनाले बिद्यालयलाई सवैले सहयोग गरेर अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ।
जाजरकोटमा टयाक्टरको ठक्करबाट एक बालकको घटना स्थलमै मृत्यु भएको छ ।
पाकिस्तानी तालिबानले देशको उत्तरपश्चिममा शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा पाँच प्रहरी अधिकारीको हत्या गर्नुका साथै अन्य छ जनालाई घाइते बनाएको प्रहरीले शुक्रबार जनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको पार्टी अपाङ्गता भएका व्यक्तिको मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको उपचारमा नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताउनुभएको छ।
संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित भएर सम्मान पत्र प्राप्त गरेको छ।
धनुषाको नमुना उच्च माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीमा कक्षा ५ मा अध्ययनरत दुई विद्यार्थीबीचको हाँसी मजाकले अप्रत्याशित दुर्घटना निम्त्याएको छ।
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारसँग माग गरेको छ । शुक्रबार काठमाडौँस्थित अर्थ मन्त्रालयमा पुगेर उद्योगी व्यवसायीसहितको संघको टोलीले अर्थमन्त्रीसमक्ष सुख्खा बन्दरगाह निर्माणको माग गरेको हो ।
पोखराको विजयपुर बस्ने २० वर्षीया सुस्मिता पौडेल जसोतसो आफैं खाना खानुहुन्छ, शौचालय जानुहुन्छ। भाइबहिनी विश्वविद्यालय पढ्न जाँदा सुस्मितालाई भने नुहाइधुवाई अरुले नै गरिदिनुपर्छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्र रोजगारी सिर्जना गरी अर्थतन्त्र सुधार गर्न सकिने धारणा राख्नुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनको पूर्ण कार्यान्वयन गर्न निजी तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।