ज्योति पन्थी
बर्दिया, चैत ८ गते । लुम्बिनि प्रदेशका सामाजिक बिकासमन्त्री जन्मजय तिमिल्सेनाले बिद्यालयलाई सवैले सहयोग गरेर अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
बर्दियाको गेरुवा गाउँपालिका –१ सरखोलमा रहेको जनता प्रशिक्षित नर्सिङ्ग आधारभूत बिद्यालयमा बिद्यालय खानेपानी सरसफाई तथा स्वच्छतामा तीनतारा पाउँ सफल भएको भन्दै बिद्यालयले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सो कुरा बताउनुभयो ।
बिद्यालयले स्वच्छताको सवालमा काम गर्दैजाँदा पाएको उपलब्धि जोगाउन बिद्यालयका शिक्षकसहित अभिभावक र समाजका अगुवा मिलेर सहकार्य गर्दै जानु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा मन्त्री तिमिल्सेनाले संस्थागत बिद्यालयमा कम पारिश्रमिकमा पनि शिक्षकले उल्लेखनीय काम गरेको बताउनुभयो ।
सामुदायिक बिद्यालयमा शिक्षकहरुले काम गर्न ढिलासुस्ती गर्दा शिक्षाको गुणस्तर सुधार गर्न समस्या भएको उहाँको भनाइ छ । कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले गाउँपालिकाले पुर्वाधार बिकाससँगै गाउँपालिका अन्तर्गत रहेका बिद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्नेगरी काम गरिरहेको बताउनुभयो ।
त्यसैगरी माध्यमिकत तह अन्तर्गत गुलरिया नगरपालिका प्रथम भएको छ । शुक्रबार गुलरिया नगरपालिकाको वडा १ मा रहेको शम्भुशरण माविले तीन तारा प्राप्त गरेको छ ।