बासुदेव शर्मा
जाजरकोट चैत ८ गते । जाजरकोटमा टयाक्टरको ठक्करबाट एक बालकको घटना स्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका २ तिमिलेका लक्ष्मण सिहको छोरा अन्दाजी १६ बर्षिय सन्तोष सिहको मृत्यु भएको हो । शुक्रबार साँझ करिव ७ बजेको समयमा कुशे गाउँपालिकाको दम्दालाबाट सरिया लोड गरि पाँचकाटियातर्फ जाँदै गरेको एस के निर्माण सेवा कम्पनीको रा १ त ४४७१ नम्वरको टयाक्टरको ठक्करबाट सिहको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पाण्डेका अनुसार टयाक्टर चालक फरार रहेकाले उनको खोजी कार्य भईरहेको बताउनु भयो ।