• ९ चैत २०८१, शनिबार

पाकिस्तानमा तालिबानद्वारा पाँच प्रहरी अधिकारीको हत्या

blog

पेशावर, पाकिस्तान, चैत ८ गते । पाकिस्तानी तालिबानले देशको उत्तरपश्चिममा शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा पाँच प्रहरी अधिकारीको हत्या गर्नुका साथै अन्य छ जनालाई घाइते बनाएको प्रहरीले शुक्रबार जनाएको छ ।

खैबर पख्तुनख्वा प्रान्तमा कम्तीमा पाँचवटा छुट्टाछुट्टै आक्रमण भएको एक प्रहरी अधिकारीले नाम न छाप्ने सर्तमा एएफपीलाई बताए ।

 हत्याको जिम्मा पाकिस्तानी तालिबानले लिएको थियो, जसलाई तहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी० भनिन्छ, जसले मार्चको मध्यमा सुरक्षा बलहरू विरुद्ध ‘वसन्त अभियान’ घोषणा गरेको थियो ।

उक्त समूहले अफगानिस्तानको सिमानामा रहेको पहाडी प्रान्त खैबर पख्तुनख्वामा ८० भन्दा बढी आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रान्तीय राजधानी पेशावरका प्रहरी प्रमुख कासिम अलीले हालै प्रहरी माथिको आक्रमणमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

यस क्षेत्रमा यस्ता घटनाहरू दैनिक रूपमा भइरहेका छन्, जहाँ सेनाले नियमित रूपमा आतङ्कवादीहरू मारेको दाबी गर्छ ।

एएफपीको तथ्याङ्क अनुसार, यस वर्षको सुरुदेखि नै खैबर पख्तुनख्वा र छिमेकी बलुचिस्तान प्रान्तमा राज्य विरुद्ध भएका आतङ्कवादी आक्रमणहरूमा १७० भन्दा बढी व्यक्ति मारिएका छन्, जसमा प्रायः सुरक्षाकर्मीहरू छन् ।

यस महिना बलुचिस्तानमा एक नाटकीय रेल कब्जामा झण्डै ६० व्यक्तिको मृत्यु भयो, जसमध्ये अधिकारीहरूले आक्रमणको पछाडि पृथकतावादीहरू रहेको बताएका थिए ।

इस्लामाबादस्थित अनुसन्धान तथा सुरक्षा अध्ययन केन्द्रका अनुसार पाकिस्तानमा भएका आक्रमणहरूमा एक हजार ६०० भन्दा बढी मानिसहरू मारिएका थिए । यसमध्ये लगभग आधा सुरक्षा बलका कर्मचारीहरू थिए ।

यो हिंसा धेरै हदसम्म अफगानिस्तानसँगको पाकिस्तानको सीमावर्ती क्षेत्रहरूमा सीमित छ ।

इस्लामाबादले काबुलले आफ्नो क्षेत्रबाट पाकिस्तानलाई निशाना बनाउँदै आएका आतङ्ककारीहरूलाई रोक्न असफल भएको आरोप लगाएको छ । यद्यपि तालिवान अधिकारीहरूले यो आरोप अस्वीकार गर्छन् । रासस, एएफपी