शुक्रबार मध्यरातमा आएको हावाहुरीसहितको असिनापानीले खाद्यान्न तथा तरकारी बाली नष्टहुँदा रौतहटको उत्तरीक्षेत्रका किसान चिन्ता व्यक्त गरेका छन् ।
बबई गाउँपालिका –५ मा रहेको पुरन्धारा झरना पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । हापुरे बजारबाट करिव १० किलोमिटर पश्चिम दक्षिण बबई नदीको छेउमा रहेको झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवस २०२५ (२२ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै पानीका स्रोतहरूको संरक्षणमार्फत पर्यावरण सन्तुलन कायम राख्न सबैलाई प्रेरित गर्नुभएको छ।
गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँ गोरखापत्र संस्थानमा २०५६ सालमा कार्यकारी अध्यक्ष हुनुभएको थियो ।
नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शाम्सीले सामाजिक एकता र सद्भाव बलियो समाज निर्माणको आधारस्तम्भ भएको बताउनुभएको छ
काठेखोला गाउँपालिका वडा ८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा ९ दिनसम्म श्रीमद्देवी भागवत महापुराण नवाह, ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।
घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुंगानाको २१ महिनाकी छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर ज्यान गएको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्व वडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।
सिराहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डुम) परिवारलाई अन्यत्र सारेको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको टोलीले स्थलगत अनुगमन गरेको छ ।
उनको मौन अनुहारले भन्दै थियो, “तिमी जाऊ... अब म फर्किन्नँ ।” मैले आँसुको भेल थाम्न सकिनँ । आँखाहरूलाई दुवै हातले छोप्दै बिस्तारै बोलेँ, “सानी तिमी अब कहिल्यै नफर्किने ठाउँमा पुगिसक्यौ । तिमीबिना यहाँ कति अड्न सकूँला र म ।”
निर्मम प्रश्नहरूले घेरिएको छ जिन्दगी निरुत्तर बनाउने षड्यन्त्रमा फसेको छ जिन्दगी जिन्दगीको अनिश्चित यात्रामा छु, म त्यसको भारी हो कि भरिया हुँ बुझ्न
राष्ट्रिय परिचयपत्र बनाउनका लागि चौतारा सदरमुकाम पुग्नुपर्ने भएपछि सिन्धुपाल्चोकको ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकले सास्ती पाएका छन् । नेपाल सरकारले विभिन्न सरकारी तथा सार्वजनिक सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ज्येष्ठ नागरिकले जिल्ला प्रशासन कार्यालय चौतारा पुगेर बनाउन सास्ती भोग्नु परेको हो ।
तिम्रो कुरूप बोली सुनेर मन हैन, लाजले मेरो अनुहार रातो भएको थियो
धादिङमा जन्मेर मधेश प्रदेशको बारा जिल्लामा बसोबास गर्दै आएका कथाकार नवराज रिजाल कथा, लघुकथा, कविता, गजल, निबन्ध, नियात्रा लेखनमा सक्रिय हुनुहुन्छ ।