न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता पेशालाई व्यवस्थित बनाएर अगाडि लैजानु पर्ने बताउनुभएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रति जनताको भरोसा बढेको बताउनु भएको छ। उहाँले एक डेढ वर्ष भित्र नेपाल माओवादीमय हुने बताउनुभएको छ।
वढ्दो सवारी दुर्घटना र वायु प्रदुषर्णलाई रोक्न सुरुङ्गा सहकार्य युवा क्लबले शनिबार आयोजना गरेको साइकल दौडमा निमा सेर्पा पहिलो हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने बताउनु भएको छ।
नेपालमा सामुदायिक रेडियोको महत्त्व कम नभएको तर नयाँ प्रविधिलाई आत्मसात गर्नुपर्नेमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्।
शान्ति निकुञ्ज माध्यामिक विद्यालयका पूर्व विद्यार्थी सम्मानित भएका छन्। शान्ति निकुञ्ज मावि पूर्व विद्यार्थी संघको २८ औँ स्थापना दिवसको अवसरमा पूर्व विद्यार्थी सम्मानित भएका हुन्।
गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ। नवलपरासीको गैँडाकोटमा आज आयोजित कार्यक्रममा उहाँले गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार गलत भएको बताउनुभयो।
डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका ५ मा रहेको नव प्रभात आधारभूत विद्यालयमा विद्यार्थीहरु लामो समयदेखि खुला चौरमा पढदै आएका छन्।
बालमन्दिरमा थुप्रै राजनीतिक कार्यक्रम हुन्छन् । थुप्रै संगठनका नयाँ नेतृत्व बालमन्दिरको छहारीमा हुन्छन् । तर बालबालिकाको अक्षर चिन्ने मन्दिर अर्थात बालमन्दिरका दुःख बुझ्ने कोही भएनन् । बालमन्दिरको सटर भाडा पनि रेडक्रसलाई जानेगरेको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ मा रहेको मुसीकोट खलङगा बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ।
विश्व जल दिवसको अबसरमा शनिबार लमजुङमा साइकल ¥याली आयोजना गरिएको छ । लमजुङ जेसीस–२०२५ को आयोजनामा साइकल र्याली आयोजना गरिएको हो ।
सभामुख देवराज घिमिरेले बाल शिक्षालाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा समावेश गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँको राष्ट्रिय मन्टेश्वरी तालिम केन्द्रको २५ औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
शनिबाददेखि दुई दिने विपद् पूर्व सूचना अभिवृद्धि तामिलको आयोजना गरिएको हो। महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाको आयोजना तथा विभिन्न १४ गैरसरकारी संघ संस्थाको सहयोगमा दुई दिने पूर्व सूचना क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको हो।
सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ भन्नुभएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूको १३ औँ साधारण सभाको अवसरमा प्रदान गरिने बाबुराजा फोटोपत्रकारिता पुरस्कार–२०८१बाट सम्मानित हुनुभएको हो। यो पुरस्कार हरेक वर्ष नेपाल भाषा पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारलाई प्रदान गरिन्छ।