• १० चैत २०८१, आइतबार

पत्रकारिता पेशालाई व्यवस्थित बनाएर अगाडि लैजानु पर्छ : अध्यक्ष खड्का

blog

न्युनतम पारिश्रमिक निर्धारण समितिले आयोजना गरेको कार्यक्रम। तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), चैत ९ गते। न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता पेशालाई व्यवस्थित बनाएर अगाडि लैजानु पर्ने बताउनुभएको छ। कपिलवस्तुको गोरुसिंगेमा आयोजना गरिएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सो कुरा बताउनु भएको हो।

उहाँले पत्रकारलाई उचित पारिश्रमिक नदिएसम्म पत्रकारिता गुणस्तरीय बन्न नसक्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘अझै पनि धेरै मिडियाले पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिँदा एउटै पत्रकारले धैरे मिडियामा काम गर्नुपर्ने अवस्था छ, त्यस्तो अवस्थामा पत्रकारले दिने कन्टेन गुणस्तर हुन सक्दैन।’ जबसम्म पत्रकारलाई बाच्न सक्ने किसिमको पारिश्रमिक दिइन्न तबसम्म पत्रकारिता गुणस्तरी बन्न नसक्ने उहाँले बताउनुभयो।

पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रको हालको अवस्थाबारे चर्चा गर्दै न्यूनतम पारिश्रमिक कार्यान्वयनको अभावमा पत्रकार संकटमा परेको बताउनुभयो। उहाँले पत्रकारिता व्यवसायलाई श्रममैत्री बनाउन राज्य, सञ्चार गृह र पत्रकार महासंघले संयुक्त पहल गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले न्यूनतम पारिश्रमिक वर्तमानमा मात्र नभएर पहिलेदेखिको समस्या रहेको बताउनुभयो। उहाँले पेशाको विकल्प खोज्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले समानुपातिक विज्ञापन नीति प्रभावकारी ढंगले कार्यान्वयन नहुँदा मिडिया समस्यामा रहेको बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास बन्जाडे, निवर्तमान प्रदेश अध्यक्ष बसन्त गिरी, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य शान्ता अधिकारी लगायतले आफ्नो धारणा राख्नुभएको थियो।