मदाने गाउँपालिका–२ बाँझकटेरी होल्बाङकी ५१ वर्षीय हुमकला थापा होमस्टे सञ्चालक हो । थापाकोमा सिस्नोको लिटो, मकै र कोदोको ढिडोको परिकार लगभग दैनिक पाक्छ । फर्सी र मुला भैसीले खान्छन् । रुखमा टिमुर पाकेर टिप्ने फुर्सद छैन् । धेरैले गाउँमा एउटै परिकार खान्छन् ।
अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन् ।
बागलुङमा परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताइएको हो ।
रोल्पाको निगालपानी जिनावाङ कृषि सडक कालोपत्रे हुने भएको छ । संघ र प्रदेश सरकारको सहलगानीमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो । सडक कालोपत्रेका लागि त्रिवेणी ब्राह्ममायाणी कन्स्ट्रक्सन प्रालि काठमाडौंले भ्याटसहित ४२ करोड ८१ लाख ४१ हजार तीन सय १९ रुपियाँमा निर्माणको जिम्मा लिएको छ ।
लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो ।
बढ्दो डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह कार्यक्रम आयोजना गरिएको छ ।
सुडानी सशस्त्र बलले शनिबार राजधानी खार्तुममा नयाँ रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ । मध्य खार्तुममा रहेका सेनाहरूले मिलिशियालाई दबाब दिइरहेको सुडानी सेनाका प्रवक्ता नाबिल अब्दल्लाले बताउनुभयो ।
खोलाको बगर, एकान्त, फाँट क्षेत्र, पानीको ठुलो मूल, मूलबाट बगेको पानी र जमेका पोखरी, पोखरीमा पौडी खेल्नेको भिडभाड । यो पाख्रीबास नगरपालिका–८ र १० को सीमा क्षेत्रमा रहेको भुल्केमा पछिल्लो समय देखिएको रौनक हो ।
झापाको बुद्धशान्ति गाउँपालिका–४, बर्नेस्थित मेची राजमार्गबाट सशस्त्र प्रहरी बलको वराह बाहिनी मुख्यालयको टोलीले १६ क्विन्टलभन्दा बढी गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकसहित दुई जना पक्राउ परेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।
हुलाकी लोकमार्गमा पुल तथा सडक निर्माणको काम एक दशकदेखि अलपत्र अवस्थामा छ ।
स्तरोन्नति भई उद्घाटनसमेत भइसकेको बसपार्क प्रयोगमा नआएपछि पूर्वपश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर मार्गको चन्द्रनिगाहपुर चोकमा सवारी पार्किङ गर्दा उक्त क्षेत्रमा दुर्घटनाको सम्भावना अधिक रहेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिनुभएको छ । उहाँ निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी आइपुग्नुभएको थियो ।
हावापानी, मौसम र प्राकृतिक वातावरणबिच समानता भएको चीनको लुजाउ र पोखरा नगरबिच मितेरी सम्बन्ध स्थापित हुने भएको छ ।
जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा पालिका केन्द्र लामाखेतमा गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।